रूसी विश्वविद्यालयहरूमा अध्ययनका लागि आवेदन दिने उम्मेदवारहरूको लागि मेमो।

30th August,2020

 

education in russia

   रूसी संघमा प्रशिक्षणका लागि छनौटको पहिलो चरणमा सफलतापूर्वक पारित भएका उम्मेदवारहरूको ध्यानाकर्षणका लागि!

   रोस सात्रुद्निछेस्त्भोले रूसी संघको विज्ञान र उच्च शिक्षा मन्त्रालयमा उम्मेदवारहरूको सूचि बुझाएको छ।

   रसियाको शिक्षा र विज्ञान मन्त्रालयले RUSSIA-EDU.RU सूचना प्रणालीमा उम्मेदवारहरूको डाटा आगामी प्रोसिड्युर (प्रचार प्रसार) का लागि भनेर शैक्षिक संस्थाहरूमा  राख्ने गर्दछ।

   सम्पूर्ण डाटा (आँकडा) राखिसकेपछि, तपाईंलाई RUSSIA-EDU.RU मन्त्रालय प्रणालीमा पहुँच दिइनेछ, जसमार्फत तपाईंलाई कुन विश्वविद्यालयले छनौट गरेको छ भन्ने बारे सूचना प्राप्त हुनेछ (आवेदनको स्थिति पनि "चलान गरिसकिएको " मा परिवर्तन हुनेछ)। प्रणालीमा तपाईंको पठाईएको स्थितिलाई "चलान गरिसकिएको" मा परिवर्तन गरीएपछि तपाईले त्यो शैक्षिक संगठनसंग सम्पर्क गर्नुपर्छ जसले तपाईलाई छनौट गरेको हो  (संस्थाहरुको सम्पर्कहरु RUSSIA-EDU.RU प्रणालीमा प्राप्त गर्न सकिनेछ।) र आगामी प्रक्रियाहरु के के छन् , समयावधि र शर्तहरू, साथै अन्य जानकारीहरु जुन तपाईं जान्न इच्छुक हुनुहुन्छ, स्पष्ट बुझ्नुपर्छ।

   यदि तपाइँसमक्ष दोस्रो चरणको छनौटमा पास भएका उम्मेदवारहरूका बारे केही प्रश्नहरू वा जिज्ञासा छन् भने, तपाइँ रूसको शिक्षा र विज्ञान मन्त्रालय अन्तर्गतको उच्च शिक्षा राज्य नीति विभागसंग सम्पर्क गर्न सक्नुहुनेछ:

 - हटलाइनको मोबाइल फोनमा:

+7 985-727-61-10

- ल्याण्डलाइन फोनमा:

+7 (499) 246 31 10

+7 (495) 547-13-63

  - इमेल बाट:

abiturient2020@minobrnauki.gov.ru

dp.dkdovo@minobrnauki.gov.ru

    २०२० मा छनौट कम्पनीको सम्बन्धमा कुनै अन्य प्रश्नहरु उब्जिएका खण्डमा, काठमाडौंको आरसीएससीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ।  टेलिफोन नम्बरहरु: +९७७-१-४४१०५०९ : +९७७-१-४४१६६५० बिदाको दिन बाहेक विहान ९:०० देखि बेलुका १८:०० बजे सम्म