"बाल मन्दिर" का बाल बालिकाहरुका लागि नव बर्ष को उपलक्ष्यमा रुसी विज्ञान तथा संस्कृति केन्द्र काठमाडौँमा आयोजित कार्यक्रम

10th January,2019

१० जनवरी २०१९ का दिन रुसी विज्ञान तथा संस्कृति केन्द्र काठमाडौँमा बाल मन्दिरका संचालक समितिसंग सहकार्य गर्दै विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नयाँ वर्षको उपलक्ष्यमा बाल मन्दिरका बालबालिकाहरुका लागि रमाइलो कार्यक्रमको आयोजना गरिएको थियो।

काठमांडूस्थित रुसी विज्ञान तथा संस्कृति केन्द्र आरसीएससीले धेरै वर्ष देखि बाल मन्दिर अनाथालयलाई विभिन्न प्रकारका मनोरन्जनात्मक कार्यक्रमहरुका संचालनको साथै आर्थिक सहयोग पनि प्रदान गर्दै आएको छ। प्रायोजित कार्यक्रमहरूले अनाथालयका बाल बालिकाहरुको चौतर्फी विकास गर्ने सिलसिलामा उनीहरूलाई रूसको परंपरा र संस्कृतिको पनि परिचय दिने गर्छन।

यस वर्ष पनि संधै झैँ नया वर्ष मनाउने क्रममा बालबालिकाहरुलाई एउटा नाटक प्रस्तूत गरेर देखाइएको थियो जुन रुसको युराल क्ष्यत्रका लोक कथाकार पि. पि. बाझोभको कथा " पत्थरको फूल " मा आधारित थियो र प्रस्तुती उनै कथाकार को १४० औं जन्मतिथिप्रति समर्पित थियो। यो रुसी विज्ञान तथा संस्कृति केन्द्र र यसैको शाखा संगठन "शैली" नाटक समूहद्वारा संयुक्त रुपमा आयोजित थियो। बालबालिकाहरुलाई नया वर्षमा प्रसन्न बनाउनुको साथै रुसको लोक कथाको झलक पनि दिन नाटक सफल भएको थियो।

नाटक मन्चन पश्चात रुसी विज्ञान तथा संस्कृति केन्द्रकी अद्धेक्ष्या सुश्री युलिया आन्द्रोसोभाले शिक्षक वृन्दलाई नयाबर्षको उपलक्ष्यमा हार्दिक शुभकामना दिनुको साथै विशेष गरी शिक्षक वर्गलाई वहाहरुको कठिन र महत्वपूर्ण कार्यको लागि धन्यवाद प्रकट गरिन र उपस्थित बालबालिकाहरु तर्फ आकृष्ट हुँदै भनिन - “उपस्थित सबै भाईबहिनिहरुलाई यस नया बर्षमा शारीरिक रुपले विकसित हुने मात्र नभई सबैसंग मेलमिलाप गर्ने, उत्सुक छात्र बन्ने र सबै तर्फका ज्ञान हासिल गर्ने, आफूभन्दा ठुलालाई आदर अनि सानालाई माया र सम्रक्ष्यन गर्ने, जस्तोसुकै स्थितिमा पनि उद्धेश्यलक्षित रहने, आईपरेका जुनसुकै समस्याहरुसंग नडराई डटेर तिनीहरुको सामना गर्ने क्ष्यमताको विकास होस् भन्ने कामना गर्दछु। यस नया बर्षमा तपाईहरु सबैको जिन्दगीमा नया र रमाइला घडीहरू आउन, जिन्दगीका नौला रुपहरु देखिउन र राम्राराम्रा कार्यहरु तपाईहरुद्वारा गरिउन भन्ने कामना पनि गर्दछु।“

रुसी जेद मारोज या नै सान्ता क्लाउसद्वारा सबैलाई उपहार र मिठाई प्रदान गरिए पश्चात रुसी विज्ञान तथा संस्कृति केन्द्रका कर्मचारिहरुसंग सबैले क्रिश्मस ट्री को वरिपरी सामुहिक तस्विर लिने काम भएको थियो।

नयाँ वर्षको उपलक्ष्यमा रुसी सांस्कृतिक केन्द्रमा क्रिश्मस ट्री को वरिपरि बसेर मनाइने यस कार्यक्रमलाई हरेक बितेका वर्षहरु झैँ व्यग्रताका साथ् प्रतिक्ष्यारत ८० भन्दा बढी बालबालिकाको यस कार्यक्रममा उपस्थिति रहेको थियो। उता अभिभावक वर्ग भने कसरि बाल बालिकाहरुलाई नया किसिमले रोचक प्रस्तूत दिन सकिएला जसले सबैलाई मनोरन्जनको साथै ममतामयी रमाइलो र अपनत्वले भरिएको वातावरण सिर्जना गर्न सकोस भन्ने सोचमा रहने गर्छन हरेक वर्ष।