समापनको संघारमा रहेको सन् २०२० वर्षभरिमा आरसीएससी र   साझेदार संगठनहरूको संयुक्त गतिविधिहरुको सारांश।

24th December,2020

२४ डिसेम्बर, सन् २०२० मा, रूसी विज्ञान तथा संस्कृति केन्द्रले नयाँ वर्ष २०२१ को उत्सव र सन् २०२० भित्रमा  मैत्री तथा साझेदार संगठनहरूसँग सहकार्य गर्दै आरसीएससीद्वारा गरिएको   क्रियाकलापहरूको सारांशमा समर्पित एउटा उत्सव आयोजना गर्यो।

काठमाडौंस्थित आरसीएससीका एक कर्मचारीले आउँदै गरेको नयाँ वर्ष र क्रिसमसको अवसरमा उपस्थित अतिथि श्रोताहरूलाई बधाई दिए, हालको बर्षमा आरसीएससीको क्रियाकलापहरूको बारेमा संक्षिप्त कुरा गरे, सम्पूर्णलाई फलदायी सहयोगका लागि धन्यवाद दिए र विभिन्न क्षेत्रमा गरिएका संयुक्त क्रियाकलापहरुमा अझ सशक्त र क्रियाशील सहयोगको लागि आभार व्यक्त गरे।

 

साझेदार संस्थाका सदस्यहरुलाई विश्वव्यापी कोरोनाभाइरस महामारीको बावजुद रूसी नेपाली सांस्कृतिक र मैत्री सम्बन्धको विकासमा उल्लेखनीय योगदान पुर्याएकोमा धन्यवाद र सम्झनाको  चिनो प्रदान गरिएको थियो। कार्यक्रम अनौपचारिक रुपमा भलाकुसारीका साथ परम्परागत रुपमा समाप्त भएको थियो।

हामी आशावादी छौं कि आउँदो वर्षहरुमा हामी हाम्रो देशहरुको संस्कृति र ईतिहासको बारेमा ज्ञान फैलाउन, चेतना अभिवृद्धि गर्न र विभिन्न क्षेत्रहरुमा हाम्रो सहयोगलाई अझ विस्तार गर्नका लागि विद्यमान अवसरहरूको अझ राम्रो र फराकिलो उपयोगको प्रचार प्रसार गरी हाम्रो सम्बन्धलाई सुदृढ पार्न सक्षम हुनेछौं। हामी रूसी-नेपाली मैत्री सम्बन्धको विकास र सुदृढीकरण गर्न प्रतिबद्ध छौं। आउंदै गरेको नयाँ  सालको शुभकामना र ह्याप्पी मेरी क्रिस्मस! हामी तपाईलाई नयाँ वर्ष २०२१ उपलक्षमा, संसारका सबै नयाँ खुशी, सुस्वास्थ्य र समृद्धिको कामना गर्दछौं।