रुसी विज्ञान तथा संस्कृति केन्द्र काठमाडौंको ४०औं वार्षिकोत्सवको अवसरमा प्रायोजित कन्सर्टहरू।

13th September,2019

सेप्टेम्बर १३, २०१९  मा, रूसी विज्ञान तथा संस्कृति केन्द्रको ४० औं वार्षिकोत्सव मनाउन काठमाडौंको आरसीएससी पोखरामा भव्यताका साथ विभिन्न कन्सर्टहरूको आयोजना गरियो।

आरसीएससीको मञ्चमा, लोकप्रिय नेपाली सांगीतिक वाद्यवादन समूह "कुटुम्ब" र रुसी नेपाल विज्ञान तथा संस्कृति केन्द्र अन्तर्गत कार्यरत संगीत शिक्षक ल्युभोभ प्रिस्तुपोभासंगको सहकार्यमा रूसी रोमान्टिक र नेपाली परम्परागत संगीतको भव्य सांगीतिक प्रस्तुती सम्पन्न भयो।

एकै साथ संयुक्त रुपमा , रुसी विज्ञान तथा सांस्कृतिक केन्द्र काठमाडौँ र "सुशीला  आर्ट  एकेडेमी" ले  सहकार्य  गर्दै पोखरामा आयोजना गरेको कन्सर्टमा एकेडेमीका नेपाली विद्ध्यार्थिहरुद्वारा  रूसी र नेपाली परम्परागत नृत्यसँगै अरु विभिन्न प्रकारका नृत्यहरु  प्रदर्शन गरिएको थियो।