काठमाडौँमा एक हप्ते आधुनिक रुसी चलचित्र महोत्सव।

27th March,2019

   २५ मार्च २०१९ का दिन रुसी विज्ञान तथा संस्कृति केन्द्र कमलपोखरी काठमाडौँमा भव्यताका साथ एक हप्ते आधुनिक रुसी चलचित्र  महोत्सवको उद्घाटन गरियो। 

  रुसी विज्ञान तथा संस्कृति केन्द्रकी निर्देशिका सुश्री युलिया आन्द्रोसोभाले उक्त उद्घाटन समारोहमा स्वागत मन्तव्य दिनुहुँदै आमन्त्रित तथा दर्शक पाहुनाहरुलाई रुसी फिल्म फेस्टिभलको पहिलो दिनमा उपस्थित भएर कार्यक्रमको शोभा बढाईदिनु भएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। उपस्थित अतिथिगण मद्ध्य विभिन्न राष्ट्रका कूटनीतिक निकायका प्रतिनिधिहरु, नेपालका साहित्यिक संगठनहरुसंग आवद्ध वौद्धिक वर्ग, गैर आवासिय रुसी नागरिकहरु र आधुनिक चलचित्रप्रेमी सर्वसाधारण उत्सुक दर्शकहरु सामेल हुनुहुन्थ्यो। 

   महोत्सवको पहिलो दिन अंग्रेजी सबटाइटल्स भएको  " च्याम्पियन्स " नामक रुसी चलचित्र प्रस्तूत गरिएको थियो। 

   वर्तमान युगमा मनोरन्जनात्मक तथा सन्देशमूलक विधाहरुमद्द्य सिनेमाटोग्राफीले सबै अरु मनोरन्जनात्मक उद्ध्योगभन्दा बढी मान्छेको मन जित्न सफल भएको छ र बहुप्रचलित पनि छ।  त्यसैले पनि रुसी चलचित्र प्रदशनीको   यो एक हफ्ताको महोत्सवलाई कुनै पनि चलचित्र, साहित्य र कला प्रेमी नेपालीहरुले नजरअन्दाज गर्न सक्दैनन् भन्ने विश्वास लिईएको छ।  यस एक हफ्ताभारिमा " च्याम्पियन्स", " च्याम्पियन्स: बलिया, छिटा र छरिता", " महान", "अक्षम्य", र " माफिया" गरी जम्मा  ५ वटा नविनतम रुसी चलचित्रहरुलाई अंग्रेजी सबटाइटलका साथमा प्रदर्शन गरिनेछ।