“रूसमा उच्च शिक्षा: २०२१/२२ शैक्षिक वर्षका लागि विद्यार्थीहरूको छनौट” नामक गोल मेच अन्तरक्रिया
फेब्रुअरी ८, सन् २०२१ का दिन काठमाडौंस्थित रूसी विज्ञान तथा संस्कृति केन्द्रले “रूसमा उच्च शिक्षा: २०२१/२२ शैक्षिक वर्षका लागि विद्यार्थीहरूको छनौट” नामक विषय अन्तर्गत एक राउण्ड टेबल मिटिंगको आयोजना गर्यो। ⠀
रुसी विज्ञान तथा संस्कृति केन्द्र आरसीएससीकि निर्देशक युलिया एन्ड्रोसोभाले रसियामा नेपाली आवेदकहरूको लागि संधै झैं यस वर्ष पनि निःशुल्क शिक्षा पाउने सम्भावनाका बारेमा बताउनुका साथै रूसी संघले नेपाललाई प्रदान गरेको कोटा, नियम, परिस्थिति र अन्य आवश्यक जानकारीको बारेमा चर्चा गर्नु भयो।
अन्तरक्रियामा नेपालका लागि रूसी संघका दूतावासका परामर्शदाता श्री भिक्तर भिक्तरोभीच येभसेयेभ, शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयका प्रतिनिधि - श्री हरि खनाल, विदेश मन्त्रालय - श्रीमती सिर्जना अधिकारी, सोवियत र रूसी विश्वविद्यालयका नेपाली स्नातकहरूको संघ "मित्र कुञ्ज" का अध्यक्ष - ध्रूव महर्जन तथा नेपाल रुस मैत्री संघका उपाध्यक्ष श्री स्वराज शाक्य लगायत अन्यको उपस्थिति रहेको थियो। सबैका लागि नयाँ इन्टरनेट प्लेटफर्म https://education-in-russia.com का बारे प्रस्तुतीकरण प्रस्तुत गरिएको थियो।
उक्त कार्यक्रमको मुख्य उद्देश्य २०२१/२२ शैक्षिक वर्ष अन्तर्गत रूसमा उच्च शिक्षा प्राप्त गर्न इच्छुक सम्भावित उम्मेदवारहरूको छनोटको लागि आवश्यक जानकारी प्रदान गर्नु र विद्यार्थीहरूको लागि अध्ययनको सबैभन्दा आकर्षक क्षेत्रहरूको बारेमा नेपाली पक्षबाट जानकारी प्राप्त गर्नु पनि रहेको थियो।