१४ औं राष्ट्रिय पुस्तकालय दिवस कार्यक्रम

31st August,2021

   काठमाडौंस्थित रूसी हाउसमा रूसी ज्ञान दिवस तथा नेपालको १४ औं राष्ट्रिय पुस्तकालय दिवसप्रति समर्पित एक कार्यक्रम आयोजित भएको थियो।

   काठमाडौंस्थित रूसी हाउसकि निर्देशक युलिया आन्द्रोसोभाले आफ्नो भाषणमा, कुनैपनि राष्ट्रको शिक्षा र संस्कृतिको विकासमा पुस्तकालयहरुको महत्वपूर्ण भूमिका रहने हुँदा यसको महत्व अभूतपूर्व रहने कुरा उल्लेख गर्नु भयो र भन्नुभयो -"पुस्तकालयले सभ्यता, संस्कृति र देशको भविष्यको प्रतिनिधित्व गर्ने गर्दछ।" कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपालका केन्द्रीय पुस्तकालय तथा सूचना विज्ञान विभागका पूर्व प्रमुख, सह प्राध्यापक श्री भीमधोज श्रेष्ठ र विशेष अतिथिका रुपमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय (टीयूसीएल) कीर्तिपुरका मुख्य लाइब्रेरियन, पूर्णलाल श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो।

   कार्यक्रमका सहभागीहरु, श्री सुदीप ढकाल, श्रीमती रेश्मा डंगोल र श्रीमती नीरा मानन्धरले "कोभिड -१९ महामारीको बेला पुस्तकालय" शीर्षकमा प्रस्तुतीकरण गरे।

   श्री भीमधोज श्रेष्ठले आजको यस्तो कार्यक्रम आयोजना गरेकोमा र नेपाली विद्यार्थीहरुलाई अद्ध्यय्न्का लागि एक विशेष मञ्च उपलब्ध गराउनुभएकोमा समस्त रुसी हाउस अफ काठमाडौंलाई र व्यक्तिगत रुपमा निर्देशक युलिया एन्ड्रोसोभाप्रति हार्दिक आभार प्रकट गर्नुभयो।

   आफ्नो भाषणमा, श्री पूर्णलाल श्रेष्ठले यो पनि सुझाव दिनुभयो कि आजको यो डिजिटल युगमा, पुस्तकालय कुनै पर्खालहरुमा सीमित हुनु हुँदैन। कोभिड -१९ महामारीको यो जटिल अवस्थालाई, "डिजिटल लाइब्रेरी" विकास गर्ने र लोकप्रिय बनाउने अवसरको रुपमा प्रयोग गर्नु पर्दछ। काठमाडौंस्थित रूसी हाउसका लाइब्रेरियन - प्रबिन मानन्धरले संक्षेपमा रूसी ज्ञान दिवसका बारेमा कुरा गरे, जो परम्परागत रूपमा प्रत्येक बर्षको सेप्टेम्बर १ मा मनाईन्छ

   उपस्थित राज्य पुस्तकालयहरुका सबै प्रतिनिधिहरुलाई रूसी भाषा सिक्ने पुस्तक र अरु सम्झनाका उपहार सधन्यवाद प्रदान गरिएको थियो