रूसी अन्तरिक्ष यात्रीहरु बाह्य अन्तरिक्षमा निस्कँदै
स्पेसवाकको प्रसारण -नोभेम्बर १८, मस्को समयानुसार १७:३० बजे
नोभेम्बर १८ मा १७:३० बजे (मस्कोको समय) , रूसी कोस्मानोट्स सेर्गेई रिझ्कोभ र सेर्गेई कुद-स्भेर्च्छ्कोभ बाह्य अन्तरिक्षमा निस्कँदै छन्।
यो ४७ औं नियोजित स्पेसवाक हुनेछ। अन्तरिक्ष यात्रीहरुको निकास, "खोजी" नामक मोड्युलको एउटा खण्डको संयोजन द्वारबाट गरिनेछ, जसलाई ढक्कनले लगभग ११ बर्ष पहिले ढाकिएको थियो।
रिझकोभ र कुद-स्भेर्च्छ्कोभ्का लागि यो स्पेसवाकको पहिलो अनुभव हुनेछ। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन या नै आईएसएस बोर्डमा रूसीहरूलाई अमेरिकी क्षेत्रका अन्तरिक्ष यात्रीहरूले समर्थन गर्ने छन्।
कोस्मोनाट्हरुले सर्वप्रथम "खोज" नामक मोड्युल प्रणालीको निकास ह्याचको मजबूति तथा पूर्णतालाई जाँच गर्नेछन् र "जार्या" नामक कार्गो ब्लकमा तरल प्रवाह नियामकको लागि रहेको प्यानललाई प्रतिस्थापन गर्नेछन्। यसका साथै उनीहरूले "ज्भेज्दा" या नै "तारा" नामक संचालनमा रहेको इल्युमिनेटर मोड्युलको विन्डो नम्बर ८ को शिशालाई पनि सफा गर्नेछन् र "पिर्स" नामक मोड्युलबाट "ट्रान्जिट-बी" नामक एन्टेनालाई "खोज" मोड्युलमा स्विच गर्छन्।
यस बाहेक, रूसी कोस्मोनाट्हरुका सामु अर्को कार्यको प्रतिपादन गर्नु पनि रहेको छ, र त्यो हो "खोज" मोड्युलको प्रेसर तथा सेडिमेंटेशन कन्ट्रोल इकाईमा रहेका सेन्सरहरुको स्थानमा ट्याबलेट नं. २ स्थापना गर्ने, यो "इम्प्याक्ट" नामक "अन्तरिक्ष एक्स्पेरिमेंट" का लागि गरिन लागिएको हो।
समग्रमा, रूसी कोस्मानोट्हरु "इन्टरनेश्नल स्पेस सेन्टर" ISS बाहिर करीव साढे पाँच घण्टा आफ्नो महत्वपूर्ण कार्यमा जुट्नेछन् ।
भिडियो लिंक https://www.youtube.com/watch?v=WTQGGAvhHmI&feature=emb_logo