विश्व उड्डयन तथा अन्तरिक्ष दिवस मनाइयो
अप्रिल १२, सन् २०२२ मा, काठमाडौंको रुसी हाउसमा विश्व उड्डयन तथा अन्तरिक्ष दिवस मनाइयो।
स्थापित परम्परा अनुसार नेपालको राजधानी रत्नपार्कको मध्यभागमा स्थापित प्रथम अन्तरिक्ष यात्री युरी गागरिनको प्रतिमामा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी कार्यक्रमको सुरुवात गरिएको थियो । श्रद्धाञ्जली कार्यक्रममा काठमाडौंस्थित रुसी हाउसकी प्रमुख युलिया एन्ड्रोसोवा, मित्रकुञ्ज संघका प्रतिनिधि, सार्वजनिक संघसंस्थाका प्रतिनिधिहरु तथा नेपाली युवाहरुको सहभागिता रहेको थियो । काठमाडौंमा रहेको रुसी हाउसकी प्रमुख श्रीमती युलिया एन्ड्रोसोभाले यस मितिको महत्वलाई उल्लेख गर्दै आफ्नो भाषणमा भनिन् - "म तपाईलाई उड्डयन र कोस्मोनॉटिक्स दिवसको उपलक्षमा बधाई दिन्छु। ६१ वर्ष पहिले, युरी गागारिन अन्तरिक्षमा उड्ने पहिलो व्यक्ति थिए र सम्पूर्ण मानवजातिको लागि अन्तरिक्ष अन्वेषणको युग खोलिदिएका थिए। यो दिन विश्व इतिहासमा सोभियत संघ र रूसको लागि विशेष विजयको क्षणको रूपमा अविस्मरणीय रहन पुगेको छ।"
काठमाडौंको रुसी हाउसको सहभागितामा महेन्द्र भवन स्कुलमा आयोजना गरिएको प्यानल छलफलमा अन्तरिक्ष विषयवस्तु र यसको विकासमा रुसको अग्रणी भूमिकाबारे छलफल गरिएको थियो।
सम्मेलनमा प्रमुख अतिथिका रुपमा नास्टका उपाध्यक्ष डा. सुनिलबाबु श्रेष्ठ र विशेष अतिथिका रुपमा नेपाल शिक्षा मन्त्रालयकि सचिव श्रीमती प्रमिलादेवी वज्राचार्यज्यू उपस्थित रहनुभएको थियो।
अन्तरिक्ष विज्ञानको क्षेत्रमा ९ विज्ञहरूले रुससँग अन्तरिक्ष विज्ञान, रोबोटिक्स र वैज्ञानिक साझेदारीको विकासबारे छलफल गरे। यो बाहेक स्कूलका प्रतिभाशाली विद्यार्थिहरुद्वारा "मेरो स्पेस" विषयवस्तुमा सिर्जित अन्तरिक्ष सम्बन्धि थुप्रै रचनात्मक कार्यहरुलाई समेटेर एउटा रोचक प्रदर्शनी आयोजित गरिएको थियो।