चलचित्र "औश्विट्स को स्क्रीनिंग।
आज, जनवरी २७, सन् २०२१ का दिन काठमाडौंस्थित रुसी विज्ञान तथा संस्कृति केन्द्र आरसीएससीमा चलचित्र "औश्विट्स (Auschwitz)" देखाइयो जुन अन्तराष्ट्रिय होलोकास्ट-प्रलय को सम्झना दिवसप्रति समर्पित गरिएको थियो।
गत सालको मार्चको अन्त्यमा नेपाल सरकारद्वारा जारी गरिएको सार्वजनिक कार्यक्रमहरूमाथिको प्रतिबन्ध अहिलेसम्म नहटाईएको भए पनि, दर्शकहरुको स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण नियमहरू पालना गरेर फिल्मको स्क्रीनिंग गरिएको थियो।
स्मरण गराउछौँ, कि होलोकास्ट प्रलयका पीडितहरुको स्मृतिमा अन्तर्राष्ट्रिय स्मरण दिवसको स्थापना संयुक्त राष्ट्र संघको साधारण सभाले नोभेम्बर १, सन् २००५ (रिजोल्युशन नं ६०/७) मा गरेको थियो। उक्त गोष्ठीमा पारित कागजातहरुको तयारीका लागि रूस, इजरायल, क्यानडा, अष्ट्रेलिया, युक्रेन, संयुक्त राज्य अमेरिका द्वारा पहल गरिएको थियो र सह-लेखकहरूका रुपमा ९० भन्दा बढी राज्यहरू रहेका थिए। जनवरी २७ को मिति छनौट यस कारणले गरिएको थियो कि, त्यस दिन सोभियत सेनाले यातना शिविरलाई स्वतन्त्र पारेको थियो।
नेपालमा रहेको आरसीएससीका समस्त कर्मचारीहरु त्यति बेलाको बिभिन्न जातीय र सामाजिक समूहहरुका असंख्य मानिसहरुको विनाशको लागि हार्दिक समवेदना व्यक्त गर्दछन् ।