नेपाल र रुस बिच पर्यटन प्रवर्द्धनका लागि छलफल

14th September,2021

   सेप्टेम्बर १३ का दिन, नेपाल पर्यटन परिषदमा, काठमाडौंस्थित रूसी हाउसकि निर्देशक युलिया आन्द्रोसोभा र नेपाल पर्यटन परिषदका महानिर्देशक डा. धनन्जय रेग्मीबीच दुइ पक्षीय वार्ता सम्पन्न भयो। दुइ पक्षका बीच पर्यटन क्षत्रको पारस्परिक प्रवर्द्धनका लागि सम्भावित हर तरहले सहकार्य गर्ने भन्ने बारेमा विचार विमर्श आदानप्रदान गर्दै छलफल गरियो।

   छलफलमा समान ऐतिहासिक सार बोकेको नेपालको भक्तपुर शहर र रसियाको दगिस्तान प्रान्तको डर्बेन्ट शहरहरु बिचको अभूतपूर्व समानताका बारेमा कुरा भयो र यी दुई "जुम्ल्याहा शहरहरु" का बिचमा सम्झौताका लागि निष्कर्षमा पुग्नु पर्ने कुरामा विशेष ध्यान दिईयो।

   बैठकको प्रमुख बुँदा मध्ये एक काठमाडौँ स्थित रूसी हाउस तथा नेपाल पर्यटन बोर्डको संयुक्त तत्त्वावधानमा होटल प्रबन्धन प्रतिष्ठान (NATHM) मा रूसी भाषा अद्ध्यापन आरम्भका लागि पाठ्यक्रमसहित पद्धतिगत सहयोग पुर्याउने भन्ने पनि रहेको थियो।

   बैठकको अन्त्यमा, दुवै पक्षहरु आ-आफ्ना ज्ञान, अनुभव राय सल्लाह आदि आदानप्रदान गर्नाका लागि एक समझौता ज्ञापनमा हस्ताक्षर गर्न र मैत्रीपूर्ण सम्बन्धहरुलाई बलियो बनाउन र पर्यटन विकासको लागी संयुक्त कार्यक्रम तर्जुमा गर्ने सम्बन्धमा हस्ताक्षर गर्न सहमत भए।