रूसी संघको संविधान दिवसको उपलक्ष्यमा सांगीतिक साँझ।

12th December,2019

     

     सन् २०१९, १२ डिसेम्बरमा, रूसी विज्ञान तथा संस्कृति केन्द्रले "रसियाको ताल" नामक संज्ञा दिएर रूसी संघको संविधान दिवस प्रति समर्पित गर्दै एउटा भव्य  संगीत कार्यक्रम आयोजना गर्यो, जसमा  बोलशोई थिएटर रसियाका एकल कलाकार भ्लादिमीर मिखाइलोभिच  हर्ट्जले आफ्नो प्रस्तुति दिएका थिए।

     

    कन्सर्ट हुनु अघि रुसी विज्ञान तथा संस्कृति केन्द्र (आरसीएससी) का एक कर्मचारीद्वारा रुसी संघको मुख्य कानून,  रुसी संबिधान दिवस तथा रूसी संघ राज्यको गठनका बारे संक्षिप्त चर्चा गरिएको थियो। संविधान दिवस - यो एउटा त्यस्तो अविस्मरणीय दिन हो जुन दिन या नै सन् १९९३ डिसेम्बर १२ मा, सन् १९९० पछिको सोभियत संघको ऐतिहासिक विघटनपछि जनमत संग्रहद्वारा रुसी संघका लागि सर्वमान्य संविधान पारित गरिएको थियो वास्तवमा संविधानको मुख्य धारणा भनेको यो नै हो कि राज्यले समाज र जनताको हर हालतमा सेवा गर्नुपर्दछ। संविधान भनेको  राज्यव्यवस्थाको त्यो औजार हो जसले आफ्ना हर एक नागरिकको लाभ र सफलताको लागी काम गर्नुपर्छ र उनीहरुको सम्वृद्धिको लागि प्रयत्नशील रहनुपर्दछ।

   

    रसियाका राष्ट्रिय कलाकार भ्लादिमीर हर्जलाई मस्को स्टेट कन्सर्वेटरीबाट स्नातक गरेकी अर्की कलाकार पियानोवादक क्सेनिया बाभईकीनाले साथ दिएकि थिइन्। कलाकारद्वय, उनीहरुले कार्यक्रममा उपस्थित पाहुनाहरुलाई एउटा अद्भुत संगीतमय साँझ प्रदान गरे, जसमा सबै मन्त्रमुग्ध भएका थिए।  भ्लादिमीर मिखाइलोविच मस्को स्टेट कन्सर्वेटरीका एक होनहार  स्नातक हुन् , जो  कार्यसम्पादनको वैशिष्ट्य  निपुणता बोकेका गुञ्जायमान घना स्वरका मालिक हुन् जसभित्र सुन्दरता, मिठास  र मधुरता भरपूर रहेको देखियो। उनी ओपेरा हाउस र कन्सर्ट स्टेज दुबैमा उत्तिकै कुशलताका साथ गाउने गर्छन् , उत्कृष्ट शैक्षिक योग्यता प्राप्त यी कलाकार सबैजसो जनरामा  आफूलाई कुशलताका साथ प्रस्तूत गर्न सक्ने क्षमता राख्दछन् र त्यस्तै आकर्षक अनि  मनमोहक तवरबाट उनी  रूसी लोक गीत पनि प्रस्तुत गर्दछन् ।कार्यक्रममा नेपालस्थित कार्यरत विभिन्न अन्तर्राष्ट्रिय कुटनीतिक मिसनका प्रतिनिधिहरु  अनेकौं सांस्कृतिक तथा बौद्धिक प्रतिनिधिहरुका साथै रुसी विज्ञान तथा संस्कृति केन्द्रका पार्टनर अर्गनैजेशंसका प्रतिनिधीहरु उपस्थित थिए। नेपालमा स्थायी रूपमा बसोबास गर्ने रुसी नागरिकहरुका साथै उपस्थित अरु व्यक्तित्वहरुलाई वास्तवमै संगीत कार्यक्रम मनपर्‍यो, र विशेष गरी रूसी लोक गीतहरू। कार्यक्रम ककटेल रिसेप्शनको साथ समाप्त भयो।