काठमान्डूको रूसी सांस्कृतिक केन्द्रमा मंचीत नृत्य नाटक "कुमारी र दैत्य" को बारेमा

09th October,2018

अक्टोबर ९, २०१८ का दिन रुसी विज्ञान तथा  सांस्कृतिक केन्द्र मा " कुमारी र दैत्य" नामक नृत्य-नाटक को प्रिमियम शो सम्पन्न भएको छ।  

रुसी विज्ञान तथा  सांस्कृतिक केन्द्र  कमलपोखरी काठमाडौँ मा सुशीला एकेडेमी अफ आर्ट र नारी व्यवसायी संगठन नेपालका संयुक्त तत्वावधानमा नेपाली आहान,कथन,विश्वास तथा  किम्बदन्तीमा आधारीत "कुमारी र दैत्य" नामक नृत्य नाटक भव्यताका साथ् मन्चन गरियो।

पहिलोपटक नेपाली रुसी सांस्कृतिक केन्द्रमा कुनै सांस्कृतिक योजनालाई यथेष्ट तयारि र कुशलताका साथ प्रकाश, ध्वनी, आकर्षक र अविश्वसनीयप्राय: रंगमंचको सजावट र नेपालको उत्कृष्ट नृत्य समूहलाई परिचालित गरी एउटा  उच्च स्तरीय  मापदण्डमा  कार्यक्रम प्रस्तूत गर्न सफल भएको जस्तो अनुभव दर्शकहरुलाई भएको थियो।

जीवित देवी "कुमारी" का सन्दर्भमा नेपाली जनमानसमा बिध्यमान कथन र किम्बदंतिहरुलाई आधार बनाई एउटा सर्वथा भिन्न तरिकाबाट नृत्यलाई कता कता ब्यालेट जस्तो गरी  प्रस्तूत गरिएको थियो, जस्मा नृत्यले नाटकको भावका साथै अनौठो लचकता पनि बोकेको पाइन्थ्यो। नृत्यले गरिमामय नाटकको  आफ्नो विषयवस्तुलाई क्रमिक रुपमा दर्शकमाझ घटनाक्रम पस्किरहेको थियो र जीवित देवी "कुमारी" का बारेमा एथेष्ट जानकारी दिलाउन सफल भैरहेको थियो।  नृत्य नाटकलाई रुसी नागरिक ई. स्त्राविन्स्कीले  संगीत दिने कार्य गरेका थिए भने नेपाली संगीत मण्डलीले  नेपाली परम्परागत बाद्यवादनको मिठासपूर्ण संगीतलाई प्रस्तुतीकरण को चरमतामा पुर्याएका थिए।  नाटकले आफ्नो मन्चनको अन्तिम सम्मै उपस्थित सम्पूर्ण दर्शकहरुलाई पूर्णतया बाँधेर राख्दै उनीहरुलाई  मन्त्रमुग्ध स्थितिमा भावभित्र चुर्लुम्म डुबाउन सफल भएको थियो। समष्टिमा भन्नुपर्दा व्यक्तिगत प्रेम र देशप्रेम को बिचमा चलेको एउटा अन्तर्द्वन्द को यो कथामा आखिरकार जीत देशप्रेमकै हुन्छ र आफ्नो अद्वितीय व्यक्तिगत प्रेमलाई पनि देश र जनताको भलाईको खातिर वलिदान गर्दै एउटी साधारण युवती कुमारी " जीवीत देवी कुमारी " मा परिणत हुन्छिन। कुमारीको यस अद्भूत कार्यलाई नारी अदम्य शक्ति र सहासको परिचायक मान्दै आजसम्म पनि उनलाई जीवित देवी कुमारी को रुपमा नेपालमा पुजिन्छ।

यो नृत्य नाटक रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रमा दिनको दुईपटक गरी जम्मा ५ दिन देखाइएको थियो र जम्मा जम्मी करिब १८०० दर्शकले यो हेरेका थिए।