गोल टेबल मिटिंग "रूसमा उच्च शिक्षा: २०२० मा विद्यार्थी भर्ना"।
फेब्रुअरी ११, २०२० मा, रूसी विज्ञान तथा संस्कृति केन्द्र (आरसीएससी) ले "रूसमा उच्च शिक्षा: २०२० मा विद्यार्थी भर्ना" भन्ने विषयमा गोल टेबल मिटिंग आयोजना गर्यो।
आरसीएससीकी निर्देशक युलिया एन्ड्रोसोभाले शैक्षिक सत्र २०२०/२०२१ अन्तर्गत नेपाली आवेदकहरूलाई निःशुल्क शिक्षा पाउने सम्भावनाको बारेमा रूसी संघले नेपालमा विनियोजन गरेको कोटा, त्यसका प्राप्तिका लागि आवश्यक मापदण्ड , नियम र अन्य आवश्यक जानकारीको बारेमा बताउनु भयो।
सभामा आमन्त्रित अतिथिहरू, जसमध्ये शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, सोभियत संघ तथा रूसी विश्वविद्यालयका स्नातकहरुको संघ “मित्र कुञ्ज” लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो, सबैका लागि रुसमा भर्नाका लागि नया खुलेको https://future-in-russia.com. इन्टरनेट प्लेटफर्मका बारेमा रुसी विज्ञान तथा संस्कृति केन्द्रका कर्मचारीले प्रस्तूतिकरण दिएका थिए।
यस बैठकको मुख्य उद्देश्य २०२०/२१ शैक्षिक वर्षको लागि रूसमा उच्च शिक्षाको लागि सम्भावित उम्मेदवारहरू जम्मा गर्न र विद्यार्थीहरूको लागि अध्ययनको सबैभन्दा आकर्षक क्षेत्रहरूको बारेमा नेपाली पक्षबाट जानकारी प्राप्त गर्न पनि रहेको थियो।