कन्ट्री कन्फेरेन्स अफ कम्प्याट्रीओट्स-२०२०

12th December,2020

 

   

    डिसेम्बर १२, २०२० का दिन "विश्वव्यापी महामारीको क्रममा नेपालमा बसोबास गर्ने रुसी कम्प्याट्रीओट्स संघ: समस्या, परिणाम र भविष्यका लागि योजना।" शिर्षक अन्तर्गत काठमाडौंस्थित आरसीएससीमा स्थायी रूपमा नेपालमा बसोबास गर्ने रुसी नागरिकहरुको सम्मेलन भएको थियो।

    बैठकको शुरुमा, आरसीएससीकि निर्देशक युलीया एन्ड्रोसोभा र नेपालका लागि रूसी राजदूतकि पत्नी श्रीमती आलिना बोरिसोभ्ना नोभिकोभाले उपस्थितलाई बधाई दिए, संयुक्त कार्यक्रम आयोजना गर्न उनीहरुद्वारा गरिएका निकट सहयोगका लागि धन्यवाद दिए र विभिन्न क्षेत्रमा थप सहयोगको चाहना व्यक्त गरे।

    नेपालमा लागि रूसी कम्प्याट्रीओट्स  एसोसिएशनका अध्यक्ष (यस पछि - एआरसीएन) एन.एल. ओलीले विगतको बर्षको कार्य नतिजालाई सबैका सामु अघि सार्दै एउटा छोटो भाषण दिएकि थिइन्, उनले नेपालको स्यानेटरी-एपिडेमिओलोजिकल (महामारीविज्ञान) स्थितिका कारण सबैलाई निक्कै गाह्रो भएको पनि स्मरण गरिन्। यस परिस्थितिमा लामो समयदेखि नेपाल सरकारले लगाएको प्रतिबन्धात्मक उपायका कारण आमने-सामनेका सम्मेलनहरू गर्नु असम्भव बनेको थियो। यद्यपि, नेपालमा रहेको रोस सात्रुद्निछेस्त्भो प्रतिनिधि कार्यालय र एआरसीएनका सदस्यहरूले सामाजिक नेटवर्कको क्षेत्रमा निकट अन्तरक्रिया स्थापित गरे र अनलाइन ढाँचामा ठूला कार्यक्रमहरू समेतको आयोजना गरे। जसमध्ये सबभन्दा महत्वपूर्ण "अमर रेजिमेन्ट", रूसी भाषा दिवस, परिवार, प्रेम र निष्ठा दिवस, र राष्ट्रिय एकता दिवस मनाइएको थियो जसको अवसरमा एक बाल चित्रकला  प्रतियोगिताको आयोजना गरिएको थियो। बैठकको अन्त्यमा,  श्रीमती आलिना बोरिसोभ्ना नोभिकोभाले एन.एल ओली मार्फत संस्मरणीय उपहारहरू हस्तान्तरण गर्नुभयो त्यस्ता बच्चाहरूका लागि, जसले यस वर्ष संयुक्त रूपमा आयोजना गरिएको अनलाइन प्रतिस्पर्धाहरुमा सक्रिय रूपमा भाग लिएका थिए।

    बैठकको अन्त्यमा रुसी कम्प्याट्रीओट्सले वर्तमान परिस्थिति र तत्कालका समस्याहरु सम्बन्धि एक अर्कासंग, सवालजवाफ,  विचार विमर्श गर्नुका साथै आरसीएससी र नेपालमा अवस्थित रूसी दूतावाससँग सहकार्यको लागि प्रस्ताव पनि अघि सारे।

    कार्यक्रम पारंपरिक चियापान  र अनौपचारिक कुराकानीका साथ समाप्त भयो।