पहिलो अन्तरिक्ष उडानको ६० औं वार्षिकोत्सव

12th April,2021

काठमाडौंस्थित रूसी हाउसले "अन्तरिक्ष प्रतिष्ठान नेपाल" र सोभियत तथा रुसी विश्व विद्ध्यालयका नेपाली स्नातकहरुको मैत्री सदन "मित्रकुञ्ज" संग सहकार्य गर्दै रूसी अन्तरिक्ष यात्री युरी एलेक्सेयभिच गागारिनले पहिलो अन्तरिक्ष उडान भरेको ६० औं वार्षिकोत्सवको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरेको थियो।⠀

आरसिएस्सी (RCSC) निर्देशक युलिया आन्द्रोसोभा , मित्रकुंज परिवार तथा अरु गन्यमान्य बुद्धिजिवीहरुद्वारा काठमाडौँस्थित शंकधर पार्कमा (रत्न पार्क) रहेको युरी गागारिनको बस्टमा माल्यार्पण गरेर आजको कार्यक्रमको शुरुवात भएको थियो। प्रमूख अतिथिका रुपमा पूर्व पर्यावरण, विज्ञान तथा प्रविधि मंत्री, ई.गणेश शाहज्यू तथा वर्तमान शिक्षा, विज्ञान तथा प्रविधि सचिव ड़ा. संजय शर्माज्युको साथमा पूर्व "बर्डस - ३" परियोजना नेता, प्रमुख वक्ता डा.आभास मास्के र नेपाल विज्ञान तथा प्रविधि एकेडेमीका कुलपति (एनएएसटी) डा. सुनील बाबु श्रेष्ठ को उपस्थिति रहेको थियो।⠀

आफ्नो स्वागत भाषणका दौरान रुसी विज्ञान तथा संस्कृति केन्द्रकी निर्देशक युलिया आन्द्रोसोभाले युरी अलेक्सेयेभीचको यो उडानको सफल उपलब्धि, सम्पूर्ण मानिसजातिको लागि नै एउटा गौरवशाली घटना र सम्पत्तिको रुपमा स्थापित भएको पनि उल्लेख गर्नुभयो। नेपालले पनि शिघ्रातिशिघ्र अन्तरिक्ष क्षत्रमा विकास गर्नेछ र पहिलो नेपाली अन्तरिक्ष यात्रीको सफल अन्तरिक्ष यात्राको बारेमा सुन्न पाइयोस् भन्ने कामनाका साथै सबैलाई आजको यस पुनित अवसरमा वधाई दिनुभयो। ⠀

त्यसपछि लामो समयदेखि अन्तरिक्ष अन्वेषण र अन्तरिक्ष विकासको मुख्य मुद्दाहरूको छलफलका साथै युरी गागारिनको योगदानको बारेमा छलफल भयो। "भिजन २०५०: अन्तरिक्षतर्फ प्रथम नेपालीको प्रस्थान”⠀प्रस्तुतिकरण प्रस्तूत गरियो।⠀