नयाँ वर्षको उपलक्षमा नेपालस्थित रहँदै आएका रुसी मूलका बच्चाहरु र रुसी राजदूतावासका कर्मचारीका बच्चाहरुका लागि रुसी विज्ञान तथा संस्कृति केन्द्र काठमाडौँमा एउटा उपहार वितरण कार्यक्रमको आयोजना। 

28th December,2019

   २८ डिसेम्बर २०१९ का दिन आर सी एस सी काठमाडौँमा  नयाँ वर्षको उपलक्षमा नेपालस्थित रहँदै आएका रुसी मूलका बच्चाहरु र रुसी राजदूतावासका कर्मचारीका बच्चाहरुका लागि एउटा उपहार वितरण कार्यक्रमको आयोजना गरिएको थियो।

   कार्यक्रममा उपस्थित सबै अतिथिहरुका लागि बच्चाहरुले वयस्क हरुसंग मिलेर एउटा "काराबास बाराबास" नामक रुसी सांगीतिक नाटक प्रस्तूत गरेका थिए, यो काराबास बाराबास ले नयाँ वर्षमा सिंगार्नु पर्ने योल्क रुखलाई  घरभित्र बन्द गरेर साँचो लुकाइदिएको थियो। बच्चाहरुले अथक प्रयास गरिरहेका थिए साँचो भेट्टाउने र अन्त्यमा उनीहरुको यो प्रयास सफल बनाउन रुसी सान्ता क्लाउस या नै जेद् मारोज उपस्थित भए।  साँचो भेट्टाईयो र योल्क रुखलाई बत्ति बालेर झलमल्ल पारियो। 

   कार्यक्रमको उत्तरार्धमा रुसी सान्ता ले बच्चाहरुद्वारा तयार पारिएका कविता गीत र अरु सांगीतिक प्रस्तूतिलाई बडो आनन्दले सुनिदिएर सबैलाई प्रतिक्षित नयाँ बर्षको उपहार प्रदान गरे।

   कार्यक्रम परम्परागत पाराले सबै उपस्थित पाहुना तथा बालबालिकहरुलाई चकलेट खाँदै खुवाउन्दै समाप्त भयो।