" सन् १९३९, दोस्रो विश्व युद्धको शुरुआत" नामक तस्वीर प्रदर्शनी सार्वजनिक गरियो।

23rd August,2019

   

    २३  अगस्त, सन्  २०१९  मा, दोस्रो विश्व युद्धको प्रकोपको ८०  औं वार्षिकोत्सव प्रति समर्पित ऐतिहासिक वृत्तचित्र तस्वीर  प्रदर्शनी रूसी विज्ञान तथा संस्कृति केन्द्रमा सार्वजनिक गरियो।

   कार्यक्रमका पाहुनाहरूले आरसीएससीका कर्मचारीहरूसँग आफ्ना जिज्ञासा युक्त प्रश्नहरु राखेका थिए जसलाई ऐतिहासिक घटनाको झल्को जस्ताको तस्तै दिने प्रयास गरेका थिए रुसी विज्ञान तथा संस्कृति केन्द्रका कर्मचारीले र  सबैलाई दोश्रो विश्व युद्ध कस्तो रहस्यमयी ढंगबाट शुरु भएको थियो भन्ने जानकारी गराए अनि नाजीहरूले कब्जा गरेका देशहरूलाई उन्मुक्ती  दिलाउँदै स्वतन्त्र रुपमा पुन: स्थापित गराउनुमा  र समग्रमा नाजीवादबाट  सम्पूर्ण विश्व स्वतन्त्रताकै पुनर्बहाली  गराउनुमा सोभियत संघको अहँ र निर्णायक भूमिकाको गवाही दिने तथ्यहरुलाई पनि प्रकाश पारे।

   फोटो प्रदर्शनी र एक संक्षिप्त ऐतिहासिक यात्राको ठूलो महत्त्व यो हो कि ती दस्तावेजी प्रमाणहरू र अकाट्य तथ्यहरू मार्फत हामीलाई ती समयका वास्तविक घटनाहरू बुझ्ने मौका प्राप्त हुन्छ।  आफ्नो स्वार्थपूर्ति र  समर्थनको आशामा, आफ्नो काल्पनिक उन्मुक्तिको आशामा  लडाईको रंगमंचमा आफ्नो  गैर-संलग्नता जनाउँदै हिटलर शासनलाई समर्थन गर्ने अन्य राज्यहरूका नेतृत्वहरूले गरेका  विश्वासघाती षडयन्त्रहरूका परिणाम स्वरूप, सामूहिक सुरक्षा प्रणाली गठन गर्ने  युएसएसआरको प्रस्तावलाई समेत  वेवास्ता गरियो। यस सन्दर्भको  अपोथोसिस सन् १९३८ को म्यूनिख सम्झौता थियो।

    परिस्थीति यस्तो थियो कि  सोभियत संघले कुनै पनि सहयोगी र सहयोग बिना नै आफ्नो सुरक्षा सुनिश्चित गर्नु पर्ने कठिन बाध्यता थियो।

   साथै, उपस्थित दर्शक जिज्ञासुहरुलाई  इतिहासको त्यो अकाट्य तथ्य, जसमा यूएसएसआरले नाजीहरूको पराजय र नाजीहरूले कब्जा गरेका देशहरूको स्वतन्त्रताको लागि निर्णायक योगदान पुर्‍याएको थियो भन्ने कुरामा ध्यानाकर्षण गराउंदै रुसी विज्ञान तथा संस्कृति केन्द्रका कर्मचारीले युद्धको त्यो कालखण्डलाई संक्षेपमा  बताए ।

    यसका साथै उपस्थित दर्शक श्रोताहरुलाई जर्मनी र युएसएसआर बीचको "पारस्परिक आक्रमण सम्झौता" को बारे पनि विस्तारमा  बताइएको थियो, जुन "मोलोटोभ-रिबेन्ट्रप सम्झौता" भनेर पनि चिनिन्छ, यसको दस्तावेजी प्रतिलीपी  पनि प्रदर्शनीमा प्रस्तुत गरिएको थियो।