नेपाली विद्यालयको पुन: नामाकरणको अवसरमा आयोजित भव्य कार्यक्रमको सम्बन्धमा।

22nd December,2020

नेपालस्थित रूसी दूतावासको कार्यक्रमहरु मद्ध्यको एक हिस्साको रूपमा, रूसमा सन् २०२१ लाई "अलेक्ज्याण्डर नेभस्की वर्ष" (उनको जन्मको ८०० औं वार्षिकोत्सवको उपलक्षमा) को रुपमा गरिएको घोषणाप्रति समर्पित हुँदै , डिसेम्बर २२ मा, रुसी दूतावास र रूसी विज्ञान तथा संस्कृति केन्द्र (आरसीएससी) का प्रतिनिधिहरूले न्यू सुम्निमा इङ्ग्लिश स्कूल (काठमाडौं) लाई "न्यू सुम्निमा इङ्ग्लिश स्कूल,आफ्टर द नेम अफ अलेक्ज्याण्डर नेभ्सकी " को रुपमा नामाकरण गरिंदाको समारोहमा भाग लिए।

कार्यक्रममा स्वागत भाषणको रुपमा नेपालका लागि रूसका राजदूत अलेक्सेइ अलेक्सेयेभिच नोभिकोभ, आरसीएससीकि निर्देशक युलिया एन्ड्रोसोभा र "न्यू सुम्निमा इङ्ग्लिश स्कूल" का निर्देशक श्री रबिन मुनि बज्राचार्यले आफ्ना मन्तव्यहरु राख्नुभएको थियो।

रूसी राजदूतकि पत्नी, श्रीमती आलिना बरिसोभ्ना नोभिकोभाले रुसको इतिहासमा रहेको अलेक्सान्दर नेभस्कीको उल्लेखनीय भूमिकामा विशेष ध्यान दिँदै, आफ्नो भाषणमा राजकुमार अलेक्सान्दर नेभस्कीको व्यक्तित्व र भाग्यको बारेमा विस्तृत चर्चा गरिन्।

अलेक्ज्याण्डर नेभस्की (सन् १२२१-१२६३)ले  रसियाको इतिहासमा एउटा अहँ स्थान ओगटेका छन्। हाम्रो इतिहासको सबैभन्दा कठिन समयमा, जब रूसको विशाल भूभागहरू खान बातियाको सेनाले ध्वस्त पारे, अलेक्ज्याण्डर यारोस्लाविचले रूसी सेनाको नेतृत्व गरे र उत्तर-पश्चिम रूसलाई स्विडेनी र जर्मनहरूको कब्जाबाट बचाए। सबैले भन्दा राम्ररी उनले बुझेका थिए कि, कुनैपनि मुलुकको शक्ति भनेको प्रथमत: त्यो देशको एकतामा अडेको हुन्छ।

एउटा महत्त्वपूर्ण घटना, १५ जुलाई, सन् १२४० मा नेभा नदीमा भएको लडाई थियो, जब उच्च शक्ति भएका स्विडेनी सेनाहरू पराजित भएका थिए। यसै विजयको लागि, राजकुमारले सम्मानजनक उपनाम "नेभस्की" प्राप्त गरेका थिए।

अलेक्ज्याण्डर नेभस्कीले कमाण्डरको र एक कूटनीतिज्ञको प्रतिभा देखाए (उनी आफ्नो सम्पूर्ण जीवनकालमा, कहिल्यै, कुनै पनि युद्धमा पराजित भएनन् ) र  (गोल्डेन होर्डसँग मेलमिलाप गरे), उनी अर्थोडक्सको पक्षधर थिए र पश्चिमा क्याथोलिक तथा मंगोल-तातार दुबैको विस्तारलाई रोके।

यो र यस सम्बन्धि यस्ता थुप्रै जानकारीहरु उपस्थित नेपालीहरुका लागि नौला थिए।

कुराकानीको क्रममा नेपालस्थित रूसी दूतावासको  विद्यालयकि  निर्देशक, एल.पी. मारोकोभा र नेपाली विद्यालयका निर्देशक आर. एम. बाजाचार्यले क्रस हिस्ट्री पाठ सहित संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गर्न राजी भए र अर्को वर्ष यस सम्बन्धि सहकार्यका योजनाहरु अघि  बढाउने बारेमा छलफल गरे। यसका अतिरिक्त, निश्चित पाठ्यक्रमहरू अन्तर्गत  रूसी भाषाको शिक्षण आयोजना गर्ने बारेमा पनि सम्झौता भएको थियो, र यो १५ अप्रिल, सन् २०२१ मा (नेपालमा शैक्षिक वर्षको सुरूवातबाट)  यस न्यू सुम्निमा इङ्ग्लिश स्कूल आफ्टर द नेम अफ  नेभस्कीमा शुरु गरिनेछ। यसका साथै, रूसी भाषा अध्ययनका लागि अपरिहार्य शिक्षण सामग्री (पाठ्यपुस्तकहरू, वाक्यांश पुस्तकहरू, शब्दकोश) आदि  विद्यालयलाई  हस्तान्तरण  पनि गरिएको थियो।

आरसीएससीकि निर्देशक युलिया एन्ड्रोसोभाले यी सम्झौताहरुप्रति   समर्थन जनाइन्, र साथसाथै सबै कुराहरुलाई सांस्कृतिक केन्द्रको नियन्त्रणमा राख्ने र आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।

भविष्यमा, स्कूलमा बोर्ड अफ ट्रस्टीज को गठन गर्ने योजना पनि छ, जसले शैक्षिक संस्थालाई सक्षम सहायता दिनुका साथै शिक्षण प्रक्रिया, सबैभन्दा प्रतिभाशाली विद्यार्थीहरूको छनौटमा व्यावसायिक नियन्त्रण प्रयोग गर्नेछ र रूसी विश्वविद्यालयहरूमा अद्ध्ययनका लागि प्रवेश पाउन सम्भव विद्ध्यार्थिको सिफारिश गर्दछ।

नयाँ नाम बोकेको यस स्कूलले नेपाली बच्चाहरूलाई पूर्ण रूपमा रूसी भाषा सिक्ने अवसरहरू सिर्जना गर्ने दिशामा यसलाई पहिलो कदम चालेको मान्न सकिन्छ।