"रुसको नया प्रविधि" विषयमा लेक्चर कार्यक्रम

16th July,2021

आज रुसि सदन काठमाडौं द्वारा "रुसको नया प्रविधि" विषयमा एक जानकारी मुलक कार्यक्रम आयोजना गरिएको थियो । रुसि सदनका कर्मचारीबाट गरिएको उक्त स्लाइड सो कार्यक्रममा हालैका वर्षहरुमा रुसले विकास गरेका विभिन्न प्रविधिहरु बारेमा चर्चा गर्नुभयो। जस्मा रुसले विकास गरेका थ्रि डी छपाइ उपकरण, रकेट ईञ्जिनमा नयाँ विकास, एक्सोस्केलेटन, बायोनिक कृतिम उपकरण, परमाणु फिङ्गर बेटरीका साथै अन्य धेरै उपलब्धिको विषयमा थियो । साथै विश्वलाइ पहिलो कोरोना बिरुद्ध को भ्याक्सिन स्पुटनिक-भी निमार्ण गरेर रुसले संसारभरिका मानिसहरुको मन जित्न सफल भएको कार्यक्रममा जानकारी गराइयो । कार्यक्रममा बिज्ञान, प्रबिधिका साथै बिभिन्न शैक्षिक संस्था सँग आबद्ध व्यक्तित्वहरुले समसामयिक विषयमा औपचारिक भलाकुसारी गर्दै कार्यक्रमको अन्त्य गरिएको थियो ।