रुसी कम्प्याट्रियोट्स परिवारहरूको लागि नयाँ वर्षको पार्टी
डिसेम्बर २६, सन् २०२० मा काठमाडौंस्थित रोस सात्रुद्निछेस्त्भोको प्रतिनिधि कार्यालयले नेपालमा रहेको रूसी देशवासीहरूको संघसंग सहकार्य गर्दै आउँदो नयाँ वर्ष २०२१ हर्षोल्लासका साथ मनाउन रमाइलो बाल कार्यक्रमको आयोजना गर्यो।
नववर्ष आगमनको यस बाल उत्सव कार्यक्रमको बखत, नयाँ वर्ष समारोहहरू विभिन्न देशहरूमा कसरी सम्पन्न हुन्छन् भन्ने बारेमा बच्चाहरूको लागि अन्तर्क्रियात्मक ऐतिहासिक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमको दौरानमा बच्चाहरूलाई संस्कृति, परम्परा, र यो अद्भुत पर्वको इतिहासको बारेमा बताइएको थियो, जसको आगमनको हामी सबै नै प्रत्येक वर्ष बडो अधिरताका साथ प्रतिक्षा गर्ने गर्छौं र हामी सबैलाई यो औधि नै मन पर्दछ।
यो उत्सव कार्यक्रम, बच्चाहरूको साहित्यिक र सांगीतिक प्रदर्शन, हास्य प्रतियोगिताहरु, रमाईला खेलहरू र नयाँ वर्षका पहेलीहरूको साथ जारी रह्यो। परिणामस्वरूप कार्यक्रमको समाप्तिमा सबै बच्चाहरूलाई विभिन्न मिठाई पुरस्कारहरुले प्रतीक्षा गरिरहेका थिए।
थहा भएकै कुरा हो, सान्ता क्लाउज बिना परम्परागत नयाँ वर्षको असली मजा आउने कुरै हुँदैन। त्यसैले उत्सव कार्यक्रमको रमाईलोको बीचमा, नयाँ वर्षको मुख्य त्यो चरित्र देखा पर्यो, जसले कविताहरू, गीतहरू, जिब्रो ट्विस्टरहरू र बच्चाहरूद्वारा अग्रिम तयार कथाहरू सुनेको थियो, उक्त चरित्र या नै जेद् मारोज (रुसी सान्ता क्लाउज) ले उत्सवका स - साना सहभागीहरूलाई लामो समयदेखिको उनीहरुको प्रतिक्षानुरुपको उपहारहरुद्वारा पुरस्कृत गरे।