आध्यात्मिकताको संयुक्त एक घण्टा "शान्तिध्योतक परेवा"
संयुक्त राष्ट्र संघको महासभाले सन् १९८१ मा अन्तर्राष्ट्रिय शान्ति दिवसको घोषणा गर्यो। प्रत्येक वर्ष, सेप्टेम्बर २१ का दिन संयुक्त राष्ट्र संघले विश्वका सबै देशहरुलाई युद्ध र कुनैपनि अस्त्रशस्त्रको प्रयोग बन्द गर्न आह्वान गर्दछ।
आज, नेपालमा रूसी दूतावासका कर्मचारीहरुका बच्चाबच्चीहरुले - आध्यात्मिकताको संयुक्त एक घण्टा "शान्तिध्योतक परेवा" नामक अन्तर्राष्ट्रिय अभियानमा भाग लिएका छन् , जुन अन्तराष्ट्रिय शान्ति दिवस प्रति समर्पित गरिएको छ।
दोस्रो विश्वयुद्ध सन् १९३९-१९४५ र महान् देशभक्त युद्ध सन् १९४१ को फासीष्टवादमाथिको विजयको स्मृतिलाई जोगाउँदै युरेसियन संघमा संगठित राष्ट्रहरु र दोश्रो विश्वयुद्धताका फाशिष्टवाद विरुद्ध एक भएका मैत्री देशहरू भित्र एकै प्रकारको आध्यात्मिक माहोल जगाउन र त्यहाँका सबै जनताहरुमा एउटै आध्यात्मिक इस्पिरिटको सिर्जनाको आह्वान गर्दै यो अन्तर्राष्ट्रिय परियोजना आध्यात्मिकताको संयुक्त एक घण्टा "शान्तिध्योतक परेवा" डिजाइन गरिएको हो।