अंतर्राष्ट्रीय गणितीय ओलम्पियाड

19th July,2021

   

   जुलाई १९, २०२१ अंतर्राष्ट्रीय गणितीय ओलम्पियाडको कार्यक्रममा काठमाण्डौ स्थित रुसि सदनका प्रतिनिधीले पर्यवेक्षक रुपमा भाग लिनु भयो । बिद्धालयका छात्रा-छात्रहरुका लागि आयोजना गरिएको उक्त ओलम्पियाडको कार्यक्रम विश्व कोरोना महामारीको अवस्थालाई मध्यनजर गरेर स्वास्थ मापदण्डलाई पालना गर्दै कार्यक्रमलाई अनलाईन मार्फत आयोजना गरिएको थियो । धेरै वर्षपछि पहिलो पटक छात्रा प्रतियोगिको पनि सहभागिता रहेको थियो - यो नेपाली आयोजक र पर्यवेक्षकका लागि गौरव र खुशी कुरा हो, -प्रोफेसर भद्रमान तुलाधरले भन्नुभयो । उक्त ओलम्पियाड कार्यक्रममा जम्मा गरेर ६ जना प्रतियोगिले भाग लिएका थिए ।