रूसी कवि र अनुवादक ए.ए.फेटको जन्मको २०० औं वार्षिकोत्सवमा व्याख्यान कार्यक्रम।

04th December,2020

     ४ डिसेम्बर, २०२० का दिन रुसी विज्ञान तथा संस्कृति केन्द्र काठमाडौँले रुसी प्रसिद्ध लिरिसिष्ट आफानासी आफानासेयभिच फेटको २०० औं जन्मदिवसको उपलक्षमा, उनीप्रति समर्पित हुँदै एउटा लेक्चर कार्यक्रम सम्पन्न गर्यो।

    आज रूसी कवि-गीतकार अफानासी अफानासियभिचको   जन्मदिनको २०० औं वार्षिकोत्सव मनाइयो। उनका कविताहरु संसार भरमा चिनिन्छन्। ए.ए. फेट एक अनुवादक, संस्मरणकर्ता र पीटर्सबर्ग एकेडेमी अफ साइन्सको सम्बन्धित सदस्य पनि थिए।

    शब्दहरूको संयोजन उत्कृष्ट रुपमा गर्न सक्ने एक अद्वितीय, प्रतिभाशाली कलाकार, फेटले कुशलतापूर्वक मातृभूमि के हो र यसको महत्व कति हुन्छ भन्ने भाव दर्शाएर चित्रहरू कोरेका छन् र आफ्नो कामहरूमा  प्रकृतिको सुन्दरताको भरपूर चित्रण गरेका छन्।

    कविको वार्षिकोत्सवमा रूसी विज्ञान तथा संस्कृति केन्द्रमा उत्सव कार्यक्रम र व्याख्यान कार्यक्रमको आयोजना गरियो।

    उक्त कार्यक्रम रुसी विज्ञान तथा संस्कृति केन्द्र काठमाडौँको पुस्तकालयमा, पुस्तकालय प्रमुख प्रविण मानन्धरले रुसी प्रसिद्ध लिरिसिष्ट आफानासी आफानासेयभिच फेट, जसलाई "भावनाको कवि" र "सौन्दर्यको पुजारी" जस्ता विशेषणहरुद्वारा पनि चिनिन्छ को संक्षिप्त जीवनी र उनका प्रसिद्द केही कृतिहरुलाई उजागर गर्ने खालको एउटा लेक्चर प्रस्तूत गरे।⠀

    कार्यक्रममा सामाजिक दूरी र अन्य सुरक्षा नियमहरुको पालना गर्दै केही साहित्य प्रेमीहरु उपस्थित रहेका थिए। यसै अवसरमा, ए.ए. फेटद्वारा रचिएका कविताहरुका संग्रहको प्रदर्शनी पुस्तकालयमा आयोजना गरिएको थियो, जस संग उपस्थित सबै अतिथिहरू परिचित हुन सक्थे।