रुसमा लोक कला र अमूर्त सांस्कृतिक सम्पदाको वर्षप्रति समर्पित रूसी भाषा ओपेन लेशन
रुसी भाषा सिक्ने स्थानीय जनताको चासो कायम राख्न काठमाडौंको रुसी हाउसले नियमित रूपमा आफ्नो मुख्य कार्यको हिस्साको रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ।
मे ३०, सन् २०२२ मा, रुसमा लोक कला र अमूर्त सांस्कृतिक सम्पदाको वर्षप्रति समर्पित रही, काठमाडौंस्थित रूसी हाउसको पुस्तकालयमा रूसी भाषाको ओपेन लेशन आयोजित गरियो। रुसी विज्ञान तथा संस्कृति केन्द्र या नै रुसी हाउसका कर्मचारी सुशील सिग्देलले यस केन्द्रमा रुसी भाषा अद्ध्ययनरत विद्यार्थीहरूका साथै यहाँका पुस्तकालयका पाठकहरूका लागि रुस र रुसी भाषा सम्बन्धि एउटा परिचयात्मक पाठ सञ्चालन गरेका थिए।
कार्यक्रम स्लाभिक साहित्य र संस्कृति दिवस तथा रुसमा लोक कला र अमूर्त सांस्कृतिक सम्पदाको वर्ष प्रति समर्पित थियो। दर्शकहरूलाई फोटो प्रदर्शनी, रूसी भाषामा परिचयात्मक पाठ, साथै स्लाभिक पहिला शिक्षकहरु सिरिल र मेथोडियसका बारेमा व्याख्यान प्रस्तुत गरिएको थियो।
यसै समयमा, कार्यक्रमको सहभागीहरुका लागी रूसी साहित्यको क्लासिक साहित्यकारहरुद्वारा सिर्जित पुस्तकहरुको प्रदर्शनी पनि आयोजन गरिएको थियो। व्याख्यानको अन्त्यमा, आगन्तुकहरूलाई रूसी भवनको स्थायी प्रदर्शनी पनि प्रस्तुत गरियो, जहाँ रूसका मानिसहरूको लोक कला झल्काउने खालका सामाग्रीहरु: नेस्टिङ पुतली, ओरेनबर्ग शाल, डिम्कोभो खेलौना, तुला सामोभार, भोलोग्डा लेस, आदि रहेका छन्।