"रूसमा अन्तरिक्ष विज्ञान" शीर्षकमा गोल टेबल सम्मेलन।
विश्व विज्ञान दिवस प्रति समर्पित रहेर आज २६ नोभेम्बर, सन् २०२० का दिन काठमाडौँ स्थित रुसी विज्ञान तथा संस्कृति केन्द्रले नेपाल एसट्रोनोमिकल समाज “NASO” संग सहकार्य गर्दै "रूसमा अन्तरिक्ष विज्ञान" शिर्षक अन्तर्गत सामाजिक दूरी कायम गर्दै एक गोल टेबल कन्फेरेन्स सम्पन्न गर्यो।
कार्यक्रमको शुरुवातमा आजको विषयलाई लिएर RCSC का कर्मचारीले रुसी अन्तरिक्ष विज्ञानका इतिहास र यस विषयमा नेपाली विद्ध्यार्थिहरुका लागि रुसमा अद्ध्यन गर्ने युनिभर्सिटीहरुका बारेमा केही जानकारी प्रस्तूत गरेका थिए भने, NASo का जनरल सेक्रेटरी श्री सुरेश भट्टराईले रुसमा अन्तरिक्ष विज्ञानका बारेमा एउटा संक्षिप्त प्रस्तुतीकरण प्रस्तूत दिनुभयो। वहाँले RCSC संग NASO ले अक्टोबर ७, सन् २००७ देखि नै सहकार्य गर्दै आएको पनि जानकारी दिनुभयो। वर्तमान समयमा स्पेस साइन्स मा अरु थुप्रै देशहरुले उल्लेखनीय प्रगति गरेको भएपनि यो विज्ञानको पायोनियर देश रुस नै रहेको र रुसको यस क्षेत्रमा रहेको ज्ञान, अनुभव र सम्भाव्यता अरु सबैको भन्दा बढी रहेको पनि वहाँले उल्लेख गर्नुभयो। वहांले यो पनि भन्नुभयो कि नेपाली विद्यार्थिहरुले बढी भन्दा बढी रुसको यस क्षत्रको उपलव्धिबाट फाइदा लिन सक्नुपर्छ। यसका लागी हरेक वर्ष विभिन्न ओलम्पियाड हरु आयोजना गरिंदै आएको पनि वहांले बताउनुभयो, जसमा हरेक वर्ष भाग लिने विद्ध्यार्थीहरुको र स्नातकहरुको संख्या बढ्दो रहेको छ।
छलफलको क्रममा आरसीएससीका कर्मचारी ए.कोतल्यारोभले भने कि धेरै देशहरूले अन्तरिक्ष उद्योगमा उल्लेखनीय प्रगति गरे पनि रसिया अझै पनि यस क्षेत्रमा अग्रणी स्थानमा छ र उसंग ठूलो ज्ञान पनि रहेको छ, रसिया असंख्य खोजहरूको लागि प्रख्यात छ, विशाल अनुभव र अन्तरिक्ष गतिविधिहरूको उसंग एउटा समृद्ध इतिहास छ, र यस क्षेत्रमा उससंग ठूलो सम्भावना र क्षमता निहीत छ।
सम्मेलनमा अन्तरिक्ष विज्ञानसँग परोक्ष र प्रत्यक्ष रुपमा सरोकार राख्ने जिज्ञासु विद्यार्थीहरु पनि उपस्थित थिए, जो भविष्यमा रुसमा आफ्नो अद्ध्ययन पूरा गर्न चाहन्थे, यही अन्तरिक्ष विज्ञानसंग नजिक रहेका विभिन्न विषयहरुलाई लिएर।
सम्मेलनको अन्त्यमा ए. कोटल्यारोभले उपस्थित सबैको प्रश्नहरूको समुचित र तर्कसंगत जवाफ दिए, विशेष गरी अन्तरिक्ष विज्ञानको क्षेत्रमा रहेको रुसको महत्वपूर्ण खोजहरु र उसको अग्रणी स्थानका बारेमा र त्यस्तै गरी अन्तरिक्ष शक्ति तथा रूसी शिक्षाको बारेमा ।