नेपालको राजधानी काठमाडौँमा रुसी भाषा दिवस

07th June,2022

   काठमाडौंको रुसी हाउसमा, रुसी भाषा दिवसको अवसरमा साहित्यिक साँझ सम्पन्न भएको छ । नेपाल-रुसी साहित्य संघ (NRLA) का सदस्यहरू तथा रूसी कम्प्याट्रीओट्सले रूसी र नेपाली भाषामा  "छ्यादायेभ प्रति", "साइबेरियन खनीज  गहिराइमा ...", "मैले आफैंले आफ्नो चमत्कारी स्मारक खडा गरें ...", "शीतकालीन साँझ", "फूलको थुङ्गो", "धाईआमा", "जर्जियाका  पहराहरूमा", आदि कविताहरु पाठ गरेका थिए।

   कूल ५० भन्दा बढी व्यक्तिहरू कार्यक्रममा उपस्थित थिए। अतिथिहरूमाझ, नेपाली रचनात्मक बुद्धिजीवीवर्गका प्रतिनिधिहरू, विद्यार्थीहरू र रूसी भाषा पाठ्यक्रम अन्तर्गतका शिक्षार्थीहरु पनि रहेका थिए। 

   रुसी हाउस अन्तर्गत कार्यरत "शैली" थिएटर-स्टुडियोले अतिथिहरूको ध्यानाकर्षण गराएका थिए। ए.एस. पुस्किनको  ‘छ्यादायेभ प्रति’ कृतिमा आधारित भएर उनीहरुद्वारा नेपाली दर्शकका लागि तयार पारिएको नाटकीय प्रस्तुति देखाइएको थियो।

   नेपालका लागि रोससात्रुद्निछेस्त्भोका प्रतिनिधि ए. मास्लोभले आफ्नो मन्तव्यमा नेपालमा रुसी भाषाको प्रवर्धनका क्षेत्रमा रुसी हाउसका परियोजनाहरू र यसका लागि रुसी हाउसमा संचालित रुसी भाषाका पाठ्यक्रमहरुका बारेमा विस्तारमा बोलेका थिए।

   ए.एस. पुस्किनका पद्य र गद्यमा लेखिएका धेरै कृतिका अनुवादक एन.आर.एल.ए. अध्यक्ष, प्रा. डा. जंगब चौहानले कार्यक्रमको अन्त्यमा नेपाली लेखकद्वयद्वारा सिर्जित - चन्द्रकान्त आचार्य ("शान्ति र स्वतन्त्रता") र बी.बी. सिंह ("टुगेदर विथ द ल्यान्डस्लाइड") दुई पुस्तकहरू प्रस्तुत गर्नुभएको थियो।