जनवरी २० देखि, विदेशी विद्यार्थीहरूको लागि "द्रुत सेवा" शुरु गरिएको छ ।
रूसमा अध्ययनको लागि आवेदन दिन अझ सजिलो हुनेछ।
जनवरी २० बाट, रूसी विश्वविद्यालयहरूमा विदेशी नागरिकहरूको लागि प्रवेश अभियान शुरु हुन्छ। उनीहरूलाई विद्यार्थी बन्ने अवसर रूस सरकारले नि: शुल्क प्रदान गर्ने विशेष कोटा अन्तर्गत प्राप्त हुन सक्छ।
विदेशमा बसोबास गर्ने विदेशी विद्यार्थीहरू, जो रसियामा अध्ययन गर्न चाहन्छन, पहिलो पटक, राज्य सूचना प्रणाली "विदेशी नागरिकहरूको लागि रूसी संघमा शिक्षा" (जीआईएस ओआरएफआई) अन्तर्गतको वेबसाइटमा इलेक्ट्रोनिक फारमको माध्यमबाट अध्ययनको लागि आवेदन दिन सक्नेछन्। अन्तिम मिति - फेब्रुअरी २०, २०२१ सम्मको लागि हुनेछ।
“जीआईएस ओआरएफआई” एक नयाँ सेवा हो, एक "युनिभर्सल विन्डो" जसले पूर्ण पारदर्शी प्रक्रिया प्रदान गर्दछ: आवेदन दिए देखि, छनौट प्रक्रिया र त्यसका लागि आवश्यक समर्थन सहित चयन गरिन्जेल सम्म र त्यसका साथै माइग्रेशनका लागि पनि।
छनौट दुई चरणमा हुनेछ।
पहिलो - रोस सात्रुद्निछेस्त्भो प्रतिनिधि कार्यालयहरू , रूसी दूतावासहरू र विदेशी मिसनहरूद्वारा कार्यान्वयन गरिनेछ (दर्ता गरिने कार्य या नै पंजीकरण, https://education-in-russia.com मा गरिन्छ, प्रणालीमा फरवार्ड (पुनःनिर्देशन) गरिन सक्ने यी लिंकहरू पछ्याउन पनि सम्भव छ। https://edu.rs.gov.ru/ र https://future-in-russia.com/ ) ;परिक्षण परिणामको आधारमा देशका लागि विनियोजित कोटानुरुप उम्मेदवारहरूको सूचि तयार गरिनेछ।
दोश्रो चरणको छनौट कार्य रुसी महाविद्ध्यालयहरुद्वारा उम्मेदवारको सम्पूर्ण कागजात प्राप्त भएपश्चात गरिनेछ।
तपाईं https://education-in-russia.com पोर्टलमा कोटाको रूपरेखाभित्र विदेशी नागरिकहरूको प्रवेशको लागी रूसी संघको शैक्षिक संगठनको सम्भावनाहरुसंग परिचित हुन सक्नुहुन्छ।
कृपया नोट गर्नुहोस् कि विदेशमा बसोबास गर्ने विदेशी आवेदकहरू र विदेशमा बस्ने स्वदेशी आवेदकहरू सबैले उक्त देशको भूभागमा रहेको रूसी विदेश कार्यालयको सम्पर्कमा आएर, आफ्नो नागरिकता खुलाई आवेदन दिन आवश्यक छ।
तपाईं रोस सात्रुद्निछेस्त्भोको वेबसाइट ( http://rs.gov.ru/ru/contacts ) मा यसका सबै प्रतिनिधि कार्यालयहरूको सम्पर्कहरू फेला पार्न सक्नुहुनेछ । यदि उक्त मुलुकमा रोस सात्रुद्निछेस्त्भोको कुनै प्रतिनिधि कार्यालय छैन भने, रुसमा अद्ध्ययनका लागि उम्मेदवारहरूको छनोट, रूसी संघको दूतावासका साथै अन्य कूटनीतिक मिसनबाट गरिन्छ। तपाईं रूसी दूतावासहरूको सम्पर्क रूसी संघको विदेश मामिला मन्त्रालयको वेबसाइटमा पाउन सक्नुहुन्छ ( http://www.mid.ru/ru/maps ).
छनौट परिणामहरू सम्बन्धि कुनै प्रश्न वा जानकारीका लागि तपाईले रूसी विदेशी मिसनसंग सम्पर्क गर्नुपर्नेछ।