दोश्रो विश्वयुद्धको विजय दिन प्रति समर्पित साहित्य सन्ध्या

08th May,2019

  मे  २०१९ का दिन रुसी विज्ञान तथा संस्कृति केन्द्र काठमाडौँ   नेपाल रुस साहित्य समाजले आपसमा सहकार्य गर्दै दोश्रो विश्वयुद्धको विजय दिन प्रति समर्पित  पद्ध्य साहित्य सन्ध्याको आयोजना गर्यो।

 

कार्यक्रमको दौरान सोभियत कालका विभिन्न युद्धगीतहरु तथा देशप्रेमले ओतप्रोत  गानाहरु नेपाली सब टाइटलका साथमा प्रस्तूत गरिएका थिए भने नेपाली राष्ट्रिय गीतहरु पनि साहित्यिक माहौलमा घन्किएका थिए।   

रुसी विज्ञान तथा संस्कृति केन्द्र काठमाडौँका कर्मचारीहरुले आफ्ना स्वागत मन्तव्य र केन्द्रका भित्रि परिसरमा  " एउटा पेशा छ- देशको रक्षा गर्ने " र "२०४३ को खड्गो" नामक विषयहरुलाई इङ्गीत गरी प्रदर्शनका

लागि  टांगिएका तस्वीरहरु र रेड आर्मीले फाशिस्ट सेना विरुद्ध कुर्सको युद्धमा लड्दै गर्दाको डकुमेन्ट्रीबारे पनि यथेष्ट जानकारी दिंदै  उपस्थित  पाहुनाहरुका बीच प्रस्तूत भएका थिए। 

यसपछि  नेपाल रुस साहित्यिक समाजका अद्धक्ष श्री जंगब चौहानले रुसी साहित्यकार के. एम. सिमोनोभ को कविता कृति "  प्रतिक्षा गर मेरो" को नेपाली भाषामा आफैद्वारा गरिएको अनुवाद को प्रस्तूतिकरण गर्नु भएको थियो। साथै अतिथिहरूलाई  भाषा, साहित्य, संस्कृति, दर्शन र नेपालका सामाजिक विज्ञानका लागि स्थापित नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका  कुलपतिद्वारा संबोधन  गरिएको थियो। वहांले नेपाली र रूसी साहित्यिक समाजका सदस्यहरू र रूस र नेपालबीच सांस्कृतिक सम्बन्ध र साहित्य विकासको लागि महत्त्वपूर्ण योगदान दिनुहुने सम्पूर्ण रुसी तथा नेपाली जागरुक र चेतनशील नागरिकहरुलाई  धन्यवाद प्रकट गर्नुभयो ।