"वातावरणीय समस्याहरू समाधान गर्न रसियाको अनुभव" शीर्षकमा छलफल कार्यक्रम
जुन ३, २०२२ का दिन, विश्व वातावरण दिवसको अवसरमा, रुसी हाउसले कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसन्स काठमाडौंका विद्यार्थी, शिक्षक र स्नातकहरूका लागि "वातावरणीय समस्याहरू समाधान गर्न रसियाको अनुभव" शीर्षकमा व्याख्यान-प्रस्तुति आयोजना गर्यो।
रुसी हाउसका कर्मचारी सुशील सिग्देलले रसिया र विश्वमा वातावरणीय समस्याका साथै तिनको समाधानका लागि रुसी महासंघको आधुनिक र प्रभावकारी दृष्टिकोणबारे जानकारी गराएका थिए । नेपालका लागि वातावरण र पर्यावरणका समस्याहरू सबैभन्दा सान्दर्भिक छन्, त्यसैले यस व्याख्यानले उपस्थित सबै व्यक्तित्वहरुको सहजै ध्यानाकर्षण गराएको थियो। उनीहरु सबैलाई रूसी संघको वातावरणीय समस्या र तिनका समाधानका लागि चालिएका कानूनी, तथा अन्य कदमहरु व्यवहारिक र प्रशंशायोग्य लागेको थियो, जुन नेपालका सन्दर्भमा पनि लागु गरिने हो भने वातावरण र पर्यावरणसम्बन्धि थुप्रै समस्यालाई न्यूनीकरण र समाधान गर्न सकिने राय व्यक्त गरियो। उपस्थित व्यक्तित्वहरुलाई समस्याहरू समाधान गर्न रूसी संघले अपनाएका विधि र दृष्टिकोणहरूले जिवन्त छलफल गर्न अभिप्रेरित गरेको थियो।
कार्यक्रममा रुसी हाउसका निर्देशक श्री आन्तोन मास्लोभ, आरयुडीएन युनिभर्सिटीकि स्नातक र यस कलेजकि रेक्टर, प्राध्यापक मञ्जु मिश्र, कलेजका वरिष्ठ शिक्षक तपन्त शुक्ला , शिक्षक, विद्यार्थी, पूर्व विद्यार्थी तथा स्थानीय सञ्चारमाध्यमका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सन्दर्भको लागि: काठमाडौंको कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसन्स यस प्रकारको एक मात्र विशेष शैक्षिक संस्था हो जहाँ विद्यार्थीहरूले मिडिया, टेलिभिजन, फोटो, रेडियो पत्रकारिता, विज्ञापन र पीआरको क्षेत्रमा शिक्षा प्राप्त गर्छन्। स्मरण रहोस्, यस वर्षको अप्रिलमा मात्रै कलेजको मुख्य प्रवेशद्वारमा रुसी प्राच्यविद्, इन्डोलोजिस्ट, रुसी इन्डोलोजिकल स्कूलका संस्थापक आइ. पि. मिनायेभको ब्युस्ट स्थापित गरिएको थियो।