रूसमा उच्च शिक्षा अध्ययन संवन्धी महत्वपुर्ण जानकारी

03rd February,2021 - 22nd February,2021

जनवरी २० बाट, रूसी विश्वविद्यालयहरूमा विदेशी नागरिकहरूको लागि प्रवेश अभियान शुरु हुन्छ। उनीहरूलाई विद्यार्थी बन्ने अवसर रूस सरकारले नि: शुल्क प्रदान गर्ने विशेष कोटा अन्तर्गत प्राप्त हुन सक्छ।

पहिलो पटक, विदेशमा बसोबास गर्ने विदेशी विद्यार्थीहरू, जो रसियामा अध्ययन गर्न चाहन्छन, राज्य सूचना प्रणाली "विदेशी नागरिकहरूको लागि रूसी संघमा शिक्षा" (जीआईएस ओआरएफआई) अन्तर्गतको वेबसाइटमा इलेक्ट्रोनिक फारमको माध्यमबाट अध्ययनको लागि आवेदन दिन सक्नेछन्। अन्तिम मिति - फेब्रुअरी २०, २०२१ सम्मको लागि हुनेछ।

“जीआईएस ओआरएफआई” एक नयाँ सेवा हो, एक "युनिभर्सल विन्डो" जसले पूर्ण पारदर्शी प्रक्रिया प्रदान गर्दछ: आवेदन दिए देखि, छनौट प्रक्रिया र त्यसका लागि आवश्यक समर्थन सहित चयन गरिन्जेल सम्म र त्यसका साथै माइग्रेशनका लागि पनि।

छनौट दुई चरणमा हुनेछ।

पहिलो - रोस सात्रुद्निछेस्त्भो प्रतिनिधि कार्यालयहरू , रूसी दूतावासहरू र विदेशी मिसनहरूद्वारा कार्यान्वयन गरिनेछ (दर्ता गरिने कार्य या नै पंजीकरण, https://education-in-russia.com मा गरिन्छ, प्रणालीमा फरवार्ड (पुनःनिर्देशन) गरिन सक्ने यी लिंकहरू पछ्याउन पनि सम्भव छ। https://edu.rs.gov.ru/ र https://future-in-russia.com/) ;परिक्षण परिणामको आधारमा देशका लागि विनियोजित कोटानुरुप उम्मेदवारहरूको सूचि तयार गरिनेछ।

दोश्रो चरणको छनौट कार्य रुसी महाविद्ध्यालयहरुद्वारा उम्मेदवारको सम्पूर्ण कागजात प्राप्त भएपश्चात गरिनेछ।

तपाईं https://education-in-russia.com पोर्टलमा कोटाको रूपरेखाभित्र विदेशी नागरिकहरूको प्रवेशको लागी रूसी संघको शैक्षिक संगठनको सम्भावनाहरुसंग परिचित हुन सक्नुहुन्छ।