व्याख्यान कार्यक्रम

31st May,2022

 

मे ३१, २०२२ मा, काठमाडौंको रुसी हाउसले अलेक्सान्दर नेभ्सकीको नाममा रहेको न्यू सुम्निमा इङ्लिस स्कूल काठमाडौँमै पुगेर  विद्यार्थीहरूका लागि एउटा व्याख्यान कार्यक्रम (लेक्चर) आयोजना गर्‍यो जुन विशेषत: महान देशभक्तिपूर्ण युद्धको समयमा नाजी जर्मनीमाथि विजय प्राप्तिका लागि सोभियत संघको योगदानका बारेमा केन्द्रित थियो। यो स्कूल सन् २०२१ मा रूसी हाउसद्वारा प्रायोजित भएकोले त्यहाँका धेरै विद्यार्थीहरूले पहिले नै विभिन्न प्रतियोगिता र क्विजहरूमा एक पटक भन्दा बढी भाग लिइसकेका छन्, र उनीहरु द्वारा रूसी हाउसको तत्त्वावधानमा हुने गरेका लेक्चरहरुमा र रुसी भाषाका ओपेन लेशनहरुमा सधैं उत्साहका साथ सहभागिता जनाइने  गरिन्छ। उनीहरु नयाँ प्रतियोगिताहरुको पर्खाइमा रहने गरेका छन्।

रुसी भवन या नै रुसी विज्ञान तथा संस्कृति केन्द्रका कर्मचारी सुशील सिग्देलले थर्ड राईकको पराजयमा सोभियत संघको भूमिका, फासीवादबाट विश्वलाई मुक्त गराउन सोभियत संघ र सम्पूर्ण सोभियत जनताको अमूल्य योगदानको बारेमा कुरा गरे।

व्याख्यानको अन्त्यमा, विद्यार्थीहरूलाई महान देशभक्तिपूर्ण युद्धको समयमा नागरिकहरूको  कष्टकर र पूर्ण अभावको जीवनलाई दर्शाउने र त्यस्तो विषम परिस्थितिसंग पनि डटेर सामना गरेका रुसी नागरिकहरुको बारेमा, जसले सोभियत सैनिकहरुलाई शत्रुसँग डटेर लड्दै विजय प्राप्तिका लागि आवश्यक पर्ने थुप्रै कार्यहरुमा नि:स्वार्थ सहयोग पुर्याएका थिए, बारेमा सबटाइटल सहितको डकुमेन्ट्री फिल्म देखाइएको थियो।