आर सि एस सी काठमाडौँ नेपालमा उत्सवमयी संगीत र नृत्य कन्सर्ट आयोजित।

18th December,2019

     

     १७ १८ डिसेम्बर २०१९ मा रुसी बिज्ञान तथा संस्कृति केन्द्र काठमाडौँमा आर सि एस सी मा अध्ययनरत  संगीत विद्यार्थीवर्ग सुशिला आर्ट एकेडेमीका ब्याले वर्गका विद्ध्यार्थीहरुको कन्सर्ट सम्पन्न भयो।

    डिसेम्बर १७ का दिन, सुशिला आर्ट एकेडेमीले  रूसी विज्ञान तथा संस्कृति केन्द्रसंग सहकार्य गर्दै आफ्ना अध्ययनरत स्नातक तहका विद्यार्थीहरूद्वारा   “ब्याले स्कूलको स्नातक कार्यक्रम” आयोजना गरे।

    विद्यार्थीहरूले क्लासिक ब्याले नृत्य कार्यक्रम प्रदर्शन गरे, साथै "हेरी पॉटर" को थीममा ब्याले पनि। एकेडेमीमा अध्ययन गर्ने कनिष्ठ र वरिष्ठ वर्गका विद्यार्थीहरूलाई पदक र डिप्लोमा प्रदान गरियो। आरसीएससी र सुशिला आर्ट एकेडेमीका बीच वर्तमानमा  एउटा स्थायी अन्तर्क्रियाको आधार कायम भैसकेको अवस्था छ र यो संगीत, नृत्य, संस्कृतिलाई लोकप्रिय बनाउने क्षत्रमा र समयानुकुल विभिन्न राहत मूलक क्रियाकलाप तथा कार्यक्रमहरू आयोजना गर्ने क्षत्र तर्फ उन्मुख छ।

 

    अक्सर भनिन्छ कि  संगीत र नृत्यसंग एउटा त्यस्तो अदृश्य शक्ति निहीत हुन्छ, जसले समस्त विश्वलाई नै  एकजुट पार्ने सामर्थ्य राख्दछ। यस वसरमा, डिसेम्बर १८ का दिन  रूसी विज्ञान तथा  संस्कृति केन्द्रले नेपाल स्थित रूसी नागरिक ल्युबोभ प्रिस्तुपोभा श्रेष्ठसँग मिलेर "क्रिसमस विन्टर कन्सर्ट २०१९" को आयोजना गर्‍यो। आरसीएससीमा संगीत विधामा अध्ययन रत अद्भुत प्रतिभावान स साना पियानोवादकहरूले समेत आ आफ्नो स्तरमा उत्कृष्ट संगीत प्रदर्शन गरे। विद्यार्थीहरूले आफ्ना पाहुनाहरूलाई एकल भायोलिन प्रदर्शन र सामुहिक  गायन पनि प्रस्तुत गरेका थिए। विश्वमा परिचित  प्रख्यात वाध्यवादक संगीतज्ञ हरुबाट  प्रेरणा पाएर विद्यार्थीहरूले श्रोताको लागि साँच्चिकै बडो आनन्ददायक संगीतमय वातावरण सिर्जना गरिदिएका थिए, जसमा उपस्थित सबै मन्त्रमुग्ध बनेका थिए।