पहिलो पटक, विदेशमा बस्ने स्वदेशीहरू "मेरो देश- मेरो रूस हो" प्रतियोगितामा भाग लिन सक्षम हुनेछन्।

03rd December,2019

   

   फेडरेशन काउन्सिल अफ रसियन फेडरेशनको साइटमा, १७-औं सत्र, अखिल रूसी प्रतियोगिता "मेरो देश - मेरो रूस हो " शुरु भएको , जो  केही राष्ट्रपति स्तरिय योजनाहरुमद्ध्यको प्लेटफर्म "रूस - अवसरहरूको देश हो। " नामक

परियोजना अन्तर्गत पर्दछ यस वर्ष, धेरै विशेष नामांकनहरू मध्ये, एक नयाँ - "हाम्रा देशका भात्री शहरहरु " नामक शिर्षक  अन्य राज्यहरूमा बस्ने रूसी देशवासीहरूका लागि प्रस्तुत गरिनेछ। यो कुरा रूसका विज्ञान तथा उच्च शिक्षा मन्त्री मिखाइल कोट्युकोभले सार्वजनिक गरेका हुन्।

   मन्त्री द्वारा यो पनि  घोषणा भएको थियो  कि सन् २०२० प्रतियोगिताले सहभागीहरूका लागि धेरै नयाँ अवसरहरू खोल्नेछन्। “हामी रूसी शिक्षाको निर्यात विकास गर्न संघीय परियोजना लागू गर्दैछौं, हाम्रा विश्वविद्यालयहरू अन्तर्राष्ट्रिय शैक्षिक सेवाहरूको बजारमा बढी देखा पर्दैछन्, धेरै भन्दा धेरै विदेशी विद्यार्थीहरूले उच्च शिक्षाको लागि रूस छान्न थालेका छन् । "यो महत्त्वपूर्ण छ कि विद्यार्थीहरू अध्ययन गर्ने शहरहरू अझ राम्रो हुँदै जानुपर्नेछ ताकि तिनीहरुले उच्च अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न सकुन, परिणाम स्वरूप रूसमा बस्न सजिलो होस्," मिखाइल कोट्युकोभले जोड दिए।

   मिखाइल कोट्युकोभले टिप्पणी गरे कि रसियाको राष्ट्रिय प्राथमिकताहरूको सबैभन्दा महत्त्वपूर्ण अंशहरुमद्ध्यबाट  फरक फरक २० वर्गहरुलाई प्रतियोगितामा समावेश गरिएको छ, जस्तै शिक्षा, स्वास्थ्य, इकोलोजी, मातृभाषाहरु  र सूचना प्रविधि, शहर र गाउँहरूको विकासका  मुद्दाहरू। "हामीलाई आशा छ कि परियोजनाको रूपरेखामा देखापर्ने विचारहरू साकार हुनेछन् र रूसमा राष्ट्रिय परियोजनाहरूको कार्यान्वयन अझ विकसित हुनेछन्," उनले भने।

   हरेक वर्ष, "मेरो देश- मेरो रूस हो" प्रतियोगिताले रूसका सबै क्षेत्रका लाखौं अग्रगामी युवाहरूलाई एक जुट बनाउँछ । यस परियोजनाको कार्यान्वयन रूसी संघको विज्ञान तथा   उच्च शिक्षा मन्त्रालय र  रोस्सोत्रुद्नीछेस्त्भाहरुको तत्वावधान र समर्थनमा हुने गर्दछ। 

   नया सीजन रूसी संघको राष्ट्रपति निकायका प्रशासकीय उप प्रमुख मगोमेडसलम मागोमेडोभ, मिखाइल कोट्युकोभ, ए.एन.ओ. “रूस अवसरहरूको देश हो” का महानिर्देशक अलेक्सेइ कामिस्सारोभ,  विज्ञान, शिक्षा र संस्कृति सम्बन्धी समितिका अध्यक्ष लिलिया गुमेरोवा,  रूसी शिक्षा एकेडेमीका अध्यक्ष युरी जिन्चेन्को र “मेरो देश मेरो रूस हो” प्रतियोगिताका प्रमुख, रूसी मानविकी शास्त्र  स्टेट विश्वविद्यालय(आरएसयूएच) का उपाध्यक्ष लारिसा पास्तुखोभा हरु द्वारा उद्घाटित गरिएको थियो।

   "सन् २०१९  देखि, प्रतिस्पर्धात्मक  प्रतियोगिता " मेरो देश मेरो रूस हो। " "रूस अवसरहरूको देश हो " नामक राष्ट्रपतिय धरातलको एउटा परियोजनाको  हिस्सा भएको  छ।  र यसले संकेत गरेको छ  कि रूसी राष्ट्रपति भ्लादिमीर पुतिन रूसी नागरिकहरूको सामाजिक विकासतर्फ उन्मुख पहललाई समर्थन गर्न र प्रतिस्पर्धालाई विकास गर्नमा लागि परेका छन्। "प्रतिस्पर्धाले आफ्नो  मातृभूमिप्रति  युवाहरूमा एकप्रकारको स्वामित्वको र दायित्वको भावना उब्जाउँछ। त्यसैले नै   यो महत्वपूर्ण छ कि मातृभूमि प्रति प्रेम जगाउन र यसलाई सक्दो सहयोग गर्ने भावना जगाउन  हाम्रो जस्तो बहुजातिय देशका सबै मानिसहरूले यस्ता खाले प्रतिस्पर्धामा भाग लिनु अत्यावश्यक छ" मागोमेडसलाम मागामेदोभले प्रतियोगिताका सहभागीहरूलाई सम्बोधन गर्दै भने।