विश्व शान्ति दिवस प्रति समर्पित गोलमेच बैठक ।

23rd September,2019

सेप्टेम्बर २३, २०१९ को विश्व शान्ति दिवसको अवसरमा  रूसी विज्ञान तथा संस्कृति केन्द्र काठमाडौंले नेपालस्थित  संयुक्त राष्ट्र संघ संग सहकार्य गर्दै  "पर्यटन मार्फत शान्ति प्रबर्धन" भन्ने विषयलाई लिएर एउटा  गोलमेच बैठकको आयोजना गर्यो।

कार्यक्रमका  मुख्य अतिथि नेपाल सरकारको पर्यटन विभागका महानिर्देशक, दण्ड राज घिमिरे रहेका थिए। कार्यक्रमका  मुख्य वक्ता विष्णु हरि नेपाल, पूर्व राजदूत र पर्यटन विज्ञ थिए।

कार्यक्रमको अध्यक्षता "पीपुल टु पिपुल  इन्टरनेसनल" का अध्यक्ष डम्बर वीर थापाले गरेका थिए।

कार्यक्रमको स्वागत भाषणमा बोल्दै  रुसी विज्ञान तथा संस्कृति केन्द्र काठमाडौँका सह-निर्देशकले कार्यक्रममा उपस्थित  पाहुनाहरुलाई लीवाडिया बाट प्राप्त शान्ति शन्देश उद्घोषण गरेका थिए। 

उक्त कार्यक्रममा नेपालका व्यवसाय र श्रम क्षेत्रका प्रतिनिधिहरूका साथै स्थानीय मिडियाले पनि भाग लिएका थिए।