२०२०/२१ शैक्षिक सत्र अन्तर्गत रूसका उच्च शैक्षिक संस्थाहरूमा अध्ययन गर्न विदेशी नागरिकहरूको छनोट अभियानको सुरूवात

17th January,2020 - 17th January,2020

 नेपालस्थित रोससात्रुद्निछेस्त्भा   प्रतिनिधिमण्डलले रूसी संघको शैक्षिक वर्ष २०२०/२०२१  का  लागि रूसी संघको सरकारले प्रदान गर्ने गरेको शैक्षिक कोटा अनुसार रुसको उच्च शैक्षिक संस्थाहरूमा अध्ययन गर्न विदेशमा बसोबास गर्ने रुसी  नागरिक र विदेशीहरुलाई छान्ने अभियानको आरम्भको घोषणा गरेको छ।

आवेदन दिनका लागि तपाईले आफूलाई  आधिकारिक पोर्टल https://edu.rs.gov.ru मा दर्ता गर्न आवश्यक छ। प्रक्रियानुरूप तपाई एउटा प्रश्नावली भर्नुहोस्।   अद्ध्ययनका लागि इच्छित विषयको   छनौट गर्नुहोस् र यस विषयानुरूप शैक्षिक कार्यक्रम प्रदान गर्ने छ वटा विश्वविद्यालयहरू छनौट गर्नुहोस (कृपया ध्यान दिनुहोस् कि कार्यक्रमको नियम अनुसार तपाईले अधिक छनौट गर्न सक्नुहुन्न र एकै शहरका दुई विश्वविद्यालयहरू पनि )।

हामीलाई तपाईंको आवेदन प्रति आवश्यक अनुसन्धान गर्न र त्यसलाई स्वीकार वा अस्विकार गर्नको लागि तपाईले आवेदनमा निम्न आवश्यक कागजातहरू संलग्न गर्नु पर्ने हुन्छ।

- राहदानीको प्रतिलिपि;

- कागजातहरूको प्रतिलिपि जसले तपाईंको वर्तमान शैक्षिक स्तरको पुष्टि गर्दछ:

विध्द्यालय स्तरको शैक्षिक प्रमाणपत्र र ग्रेडको साथ प्रदत्त ट्रानस्क्रिप्ट  (यदि तपाईं स्नातक वा कुनै पनि शैक्षिक विशेषज्ञता कार्यक्रमहरूको लागि आवेदन गर्दै हुनुहुन्छ भने ), उच्च शिक्षाको डिप्लोमा र ग्रेडको साथ मार्कशीट  (यदि तपाईं मास्टर र स्नातकोत्तर कार्यक्रमहरूको लागि आवेदन गर्दै हुनुहुन्छ भने);

- यदि उपलब्ध छन भने शैक्षिक सिफारिस पत्र, वा अतिरिक्त क्रियाकलापमा प्राप्त प्रमाणपत्रहरु, आदि।

 वेबसाइटमा सबै आवश्यक कागजातहरू अपलोड गर्ने बित्तिकै तपाईले प्रश्नपत्र भर्नुहुनेछ, तपाईले वेबसाइटमा आफ्नो  व्यक्तिगत खातामा गई, अनुसन्धान तथा समीक्षाका लागि सम्बन्धित बटनमा क्लिक गरेर निवेदन बुझाउनु पर्नेछ। सबै आवेदनहरूमाथि छनौट समितिले अध्ययन तथा विचारविमर्श  गर्नेछ, यदि आवश्यक भएमा, उम्मेदवारहरूलाई अन्तर्वार्ताको लागि आमन्त्रित गर्न पनि सक्दछ। तपाईलाई  इ-मेल द्वारा अन्तर्वार्ता वा अन्य छनौटका नतीजाबारे सूचित पनि गरिनेछ। तपाईं अन लाइन साइट मा रही कसरी यस संग  काम गर्ने भन्ने बारेमा सबै आवश्यक जानकारी फेला तलको ठेगानामा प्राप्त गर्न  सक्नुहुन्छ।https://edu.rs.gov.ru/files/en/faq.pdf